चार महिनामा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु « Khabarhub

चार महिनामा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बनियानी– पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् ।

असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुईपाङ्ग्रे सवारीसाधन संलग्न छन् । 

प्रमुख प्रहरी निरीक्षक राईका अनुसार तीन सय ४५ दुर्घटना सवारीसाधनको सङ्ख्या भने चार सय ८८ छन् । तीमध्ये दुईपाङ्ग्रे तीन सय २६, चारपाङ्ग्रे ९३, मझौला ३४, ठूला ३२ र पहिचान हुन नसकेका तीनवटा सवारीसाधन रहेका उनले जानकारी दिए । 

सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार १०५ वटा सवारीसाधनलाई कारबाही गरेको छ । कार्यालयले साउनमा दुई हजार ५६४, भदौमा एक हजार ९२७, असोजमा दुई सय ७१ र कात्तिकको हालसम्म एक हजार ३४३ वटा सवारीसाधनलाई कारबाही गरेको हो । 

सोबापत कार्यालयले ५९ लाख ८१ हजार ५३३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रासस

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ४९ बजे

आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित

जेनेभा– आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरान अडानमै, सैन्य कारबाही जारी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख