दिनेशले सके फिल्म ‘कुमारी’को छायाङ्कन « Khabarhub

दिनेशले सके फिल्म ‘कुमारी’को छायाङ्कन


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’को छायाङ्कन सकेका छन् ।

भदौ १७ गतेदेखि सुरु भएको यस फिल्मको छायाङ्कन शनिबार पूरा भएको हो ।

राउतले यस फिल्ममा डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति राजभण्डारीलाई शीर्ष भूमिकामा लिएका छन् ।

यही वर्ष फिल्म प्रदर्शनमा ल्याउने उद्देश्यका साथ प्रोस्ट प्रोडक्सनको काम चाँडै सुरु हुने उनले बताए ।

‘आई एम सरी’, ‘नोभेक्बर रेन’ र ‘क्लासिक’ जस्ता लभस्टोरी फिल्म निर्देशन गरेर स्थापित बनेका राउत पछिल्लो समय सामाजिक कथामा केन्द्रित थिए ।

उनले ९ वर्षपछि लभस्टोरी फिल्म निर्देशनमा फर्किएका हुन् ।

‘कुमारी’को लेखक विकास सुबेदी हुन् । यसअघि विकास र राउतले फिल्महरू ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’मा सहकार्य गरेका थिए ।

बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा बनाउन लागेको यस फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : २५ बजे

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३