दिनेशले सके फिल्म ‘कुमारी’को छायाङ्कन « Khabarhub

दिनेशले सके फिल्म ‘कुमारी’को छायाङ्कन


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’को छायाङ्कन सकेका छन् ।

भदौ १७ गतेदेखि सुरु भएको यस फिल्मको छायाङ्कन शनिबार पूरा भएको हो ।

राउतले यस फिल्ममा डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति राजभण्डारीलाई शीर्ष भूमिकामा लिएका छन् ।

यही वर्ष फिल्म प्रदर्शनमा ल्याउने उद्देश्यका साथ प्रोस्ट प्रोडक्सनको काम चाँडै सुरु हुने उनले बताए ।

‘आई एम सरी’, ‘नोभेक्बर रेन’ र ‘क्लासिक’ जस्ता लभस्टोरी फिल्म निर्देशन गरेर स्थापित बनेका राउत पछिल्लो समय सामाजिक कथामा केन्द्रित थिए ।

उनले ९ वर्षपछि लभस्टोरी फिल्म निर्देशनमा फर्किएका हुन् ।

‘कुमारी’को लेखक विकास सुबेदी हुन् । यसअघि विकास र राउतले फिल्महरू ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’मा सहकार्य गरेका थिए ।

बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा बनाउन लागेको यस फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : २५ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत