फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ बालेनको युट्युब च्यानलबाट सार्वजनिक « Khabarhub

फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ बालेनको युट्युब च्यानलबाट सार्वजनिक


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनको फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमी’ले सार्वजनिक भएको छ ।

निर्माण पक्षले गीत शनिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

यस डान्सिङ गीतमा दीपाश्री निरौला र अञ्जली अधिकारी नृत्य देख्न सकिन्छ । गीतको भिडियोमा नायक रमेश उप्रेती र प्रदीप लामाको पनि नृत्य छ । अधिकारी र लामा गीतमा अतिथीय भूमिकामा फिचर्ड गरिएको निर्देशक घिमिरेले बताए ।

यस गीतमा गायिका समीक्षा अधिकारी र गायक वसन्त थापाको युगल स्वर रहेको छ । गीतको शब्द र संगीत संयोजन रमेश परियारको हो ।

मौसमी हिमाली यस गीतको नृत्य निर्देशक हुन् ।

पुस ४ गतेलाई प्रदर्शन मिति तोकिएको यस फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटीलगायतको अभिनय रहेको छ ।

गीतको भिडियोको लिंक

youtube.com/watch?v=LDq5AjOY33M&sttick=0

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : ३७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको