लाहोर विश्वको दोस्रो प्रदूषित सहर « Khabarhub

लाहोर विश्वको दोस्रो प्रदूषित सहर


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लाहोर– पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकाङ्क (एक्युआई) दर्ता भएसँगै विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको एआरवाई न्युजले जनाएको छ । रिपोर्टहरू उद्धृत गर्दै एआरवाई न्युजले पञ्जाब प्रान्तका विभिन्न क्षेत्रमा हावाको गुणस्तर अत्यन्तै खतरनाक अवस्थामा पुगेको उल्लेख गरेको छ ।

एक्युआई ५७१ पुग्दै फैसलाबाद पाकिस्तानको सबैभन्दा प्रदूषित सहरका रूपमा उभिएको छ भने गुजरानवाला ५७० कण पदार्थको स्तरका साथ दोस्रो स्थानमा रहेको छ । त्यस्तै लाहोरको एक्युआई ३९६ र मुल्तानको २५७ दर्ता भएको जनाइएको छ ।

गत वर्ष जाडो सुरु भएपछि पञ्जाबले लगातार वायु प्रदूषण र घना धुवाँको समस्या झेल्दै आएको थियो । धुवाँ नियन्त्रणका लागि अधिकारीहरूले निरन्तर प्रयास गरे तापनि हावाको गुणस्तर खतरनाक स्तरसम्म झर्दै गम्भीर जनस्वास्थ्य चुनौती सिर्जना भएको समाचारमा उल्लेख छ । 

केही दिनसम्म लाहोर पूरै धुवाँ—धुलोको मिश्रणले ढाकिएको थियो । यसमा कम गुणस्तरको डिजेल धुवाँ, चिसो मौसमसँगै झरिरहेको तापक्रम र मौसमी कृषि जलाउने कामले थप योगदान गरेको बताइएको छ । एक अवस्थाको चर्चा गर्दै वायु प्रदूषण लाहोरमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुचओ) ले तोकेको सुरक्षित स्तरभन्दा ८० गुणा बढी पुगेको पनि जनाइएको छ ।

विषाक्त वायु, बढ्दो स्वास्थ्य जोखिम र कडा प्रदूषणको प्रभावबाट सर्वसाधारणलाई जोगाउन प्रान्तीय सरकारले विद्यालयहरू बन्द गर्नुका साथै भोजनालय, बजार तथा अन्य व्यावसायिक प्रतिष्ठानहरूको समयसीमा समेत सीमित गरेको एआरवाई न्युजले उल्लेख गरेको छ । 

यसअघि डन दैनिकले कतिपय अन्य सहरी केन्द्रहरूले पनि एक्युआई ३०० भन्दा माथिको स्तर दर्ता गरेको बताउँदै अधिकारीहरूले बासिन्दाहरूलाई बाहिरी गतिविधि न्यून गर्न, झ्याल–ढोका बन्द राख्न, बाहिर निस्कँदा मास्क प्रयोग गर्न र घरभित्र एयर प्युरिफायर चलाउन आग्रह गरेको उल्लेख गरेको थियो ।

ह्युमन राइट्स वाचले नागरिकहरूलाई सूचित गर्दै एक प्रतिवेदनमा हरियाली क्षेत्रको विनाश, कृषि जग्गामा कन्क्रिट संरचनाहरूको विस्तार, बाली जलाउने प्रचलन र व्यावहारिक सार्वजनिक यातायात प्रणालीको अभावले लाहोरमा वायु प्रदूषण वर्षौंदेखि झनै बिग्रँदै गएको बताएको छ । 

यातायात, ताप प्रयोजनका इन्धन, फोहोर जलाउने प्रथा, बिजुली उत्पादन तथा अन्य औद्योगिक गतिविधिहरूमा जीवाश्म इन्धनको अत्यधिक प्रयोग नै वायु प्रदूषणको वृद्धि भएको प्रमुख कारण रहँदै आएको प्रतिवेदनमा उल्लेख छ । रासस

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : २४ बजे

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन