कम्बोडियामा बर्ड फ्लूबाट युवकको मृत्यु « Khabarhub

कम्बोडियामा बर्ड फ्लूबाट युवकको मृत्यु


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

फ्नोम पेन्ह- क्याम्बोडियामा २२ वर्षीय एक युवक ‘एच५एन१’ फ्लुबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘एच५एन१’ भनेको बर्ड फ्लूको एक प्रकारको इन्फ्लुएन्जा भाइरस हो । यसले उच्च मृत्यु दर देखाउने हुँदा स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छ । 

एच५एन१ बाट सङ्क्रमित मानिसमा सामान्यतया ज्वरो, खोकी, घाँटी दुखाइ र श्वासप्रश्वासमा समस्या देखा पर्न सक्छ । यो भाइरस प्रायः सङ्क्रमित चराको सँगको प्रत्यक्ष सम्पर्क र त्यसको उत्सर्जन (मल, लार र ढिक्री) मार्फत फैलिन्छ । मानवबाट मानवमा सङ्क्रमण दुर्लभ भए पनि, यदि भाइरसमा उत्परिवर्तन हुन्छ भने महामारीको खतरा बढ्न सक्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, राष्ट्रिय सार्वजनिक स्वास्थ्य संस्थानको प्रयोगशालामा गरिएको परीक्षणमा १५ नोभेम्बर सन् २०२५ मा युवक एच५एन१ भाइरसको सङ्क्रमणमा रहेको पुष्टि भएको थियो ।

मृतक युवक राजधानी फ्नोम पेन्हको क्रोय चाङ्भर जिल्ला अन्तर्गत केन ख्लेङ गाउँमा बस्दै आएका थिए । स्वास्थ्य अधिकारीहरूले सङ्क्रमणको स्रोत पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् र समुदायमा फैलावट रोक्न मृतकसँग सम्पर्कमा रहेका व्यक्तिहरूको परीक्षण गरिरहेका छन् ।

साथै, सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूलाई टामिफ्लु (ओसेल्टामिभिर) वितरण गरिएको छ, जसले फ्लुको फैलावट रोक्न सहयोग पुर्‍याउँछ ।

एच५एन१  फ्लु प्रायः बिरामी चराचुरुङ्गीहरूमा फैलिन्छ, तर कहिलेकाहीँ मानिसमा पनि सर्छ । स्वास्थ्य मन्त्रालयले जनतालाई सचेत रहन र बिरामी चराचुरुङ्गी नखान आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार, यस वर्ष हालसम्म १७ जना क्याम्बोडियामा एच५एन१ सङ्क्रमणका घटना देखा परेका छन्, जसमा ६ जनाको मृत्यु भएको छ । रासस
 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १ : १३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ