निर्वाचन आयोगद्वारा दुर्गा प्रसाईँको नागरिक बचाउ दल सनाखत « Khabarhub

निर्वाचन आयोगद्वारा दुर्गा प्रसाईँको नागरिक बचाउ दल सनाखत


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरिएको छ ।

यसअघि नै दर्ताका लागि निवेदन दिएको सो पार्टीका नेताहरू आइतबार आयोग पुगेर सनाखत गरेका हुन् । प्रसाईँले आफ्नो नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन्, तर नागरिक बचाउ दलको सभापतिमा भने नागरिक बचाउ महाअभियानका प्रवक्ता माधव खतिवडालाई तोकिएको छ ।

निर्वाचन आयोगमा सनाखत गरेपछि नागरिक बचाउ दलका सभापति माधव खतिवडाले कार्तिक २३ गते दल दर्ताको निवेदन दिएकोमा आइतबार सनाखत गरिएको जानकारी दिए ।

उनले अहिले धेरै पार्टी दर्ता भए पनि अन्य पार्टीभन्दा आफ्नो दल अलग रहेको दाबी गरे । जनताका आधारभूत एजेन्डालाई लिएर निर्वाचनमा सहभागी हुने उनले बताए ।  

उनले हाल पार्टीको २९ जना प्रारम्भिक समिति गठन गरिएको जानकारी दिए । 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ३ : ५८ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन