स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल | Khabarhub Khabarhub

स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बिलबाओ– प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका स्पेनी खेलाडीहरूको समूहसँग राजनीतिक सन्दर्भले भरिएको मैत्रीपूर्ण प्रतिस्पर्धा खेलेको छ । यसको पृष्ठभूमि गाजामा इजरायलको सैन्य कारबाहीसँग जोडिएको छ ।

आयोजकहरूका अनुसार एथलेटिक बिलबाओको घरेलु मैदान सान मेम्स स्टेडियममा आयोजित खेलका लागि करिब ५० हजार दर्शकका लागि टिकट छुट्याइएको थियो । 

खेल सुरू हुनुअघि नै स्टेडियममा ठूलो भीड जम्मा भइसकेको थियो । धेरै समर्थकले प्यालेस्टिनी झण्डासँगै उत्तरी बास्क देशलाई प्रतिनिधित्व गर्ने झण्डाहरू समेत फहराउँदै ऐक्यबद्धता व्यक्त गरेका थिए ।

यसअघि हजारौँ मानिसले समेत व्यापक समर्थन प्रदर्शन गर्दै झण्डा बोकी पदयात्रा गरेका थिए । सन् २०२३ अक्टोबरमा हमासद्वारा गरिएको आक्रमणपछि इजरायलको सैन्य प्रतिक्रियाविरुद्ध स्पेनभरि निरन्तर विरोध प्रदर्शनहरू जारी रहेका छन् । यसको प्रभाव यस खेलमा पनि देखिएको हो ।

सेप्टेम्बर महिनामा स्पेनका विभिन्न स्थानमा इजरायली स्वामित्वको साइक्लिङ टोलीविरुद्ध भएको विरोध अभियानको पहिलो केन्द्र बिलबाओ नै बनेको थियो । 

बास्क टोलीमा एथलेटिक बिलबाओ र रियल सोसिडाडका पेशेवर खेलाडीहरू सहित अन्य टोलीका खेलाडीहरूको सहभागिता रहेको थियो ।

यसै समयमा स्पेनका राष्ट्रिय खेलाडीहरू विश्वकप छनोट खेलमा व्यस्त रहेका कारण उनीहरू यस मैत्रीपूर्ण खेलमा उपलब्ध थिएनन् । प्यालेस्टिनी टोलीले यही यात्राका क्रममा आगामी मङ्गलबार बार्सिलोनामा स्पेनको क्याटालोनिया क्षेत्रमा चयन गरिएका खेलाडीहरूको समूहसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ । रासस
 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ४ : ०३ बजे

श्रम गर्न जनता अब विदेश जानु पर्दैन, हामी शक्तिको ज्वाला सिर्जना गर्छौँ : वामदेव गौतम

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले देशका सातै प्रदेशमा

कलङ्की–बसुन्धारा सडक विस्तार गर्न नेपाल र चीन सरकारबीच अन्तिम हस्ताक्षर हुनै बाँकी

काठमाडौं- काठमाडौं चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ । उक्त

सरकार छाडेर पार्टी सम्हाल्न कुलमानमाथि दबाब, प्रधानमन्त्रीसँग छलफलपछि निर्णय लिने

काठमाडौं- अर्कैलाई अध्यक्ष बनाएर उज्यालो नेपाल पार्टी दर्ता गराएका ऊर्जामन्त्री

जेन-जी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र

गृहमन्त्री अर्यालले भने- एनपीएलको सुरक्षा प्रबन्ध चुस्त दुरुस्त राख्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भोलीबाट सुरु हुन गइरहेको दोस्रो संस्करणको