जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव « Khabarhub

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

देवदह– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव निर्वाचित भएका छन्  । आज रुपन्देहीको भैरहवामा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

रुपन्देहीको सियारी गाउँपालिका–५ निवासी यादवले यसअघि पार्टीको प्रदेश कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका  थिए  । उनी जसपा नेपाल रुपन्देहीको पूर्वजिल्ला अध्यक्ष पनि हुन् ।

जसपा नेपाल केन्द्रीय निर्वाचन आयोगका सचिव ई. मनोज कुमार वर्माका अनुसार प्रदेश समितिको उपाध्यक्षमा चन्द्रधामा रैदास, मोहम्मद असलम खान र रेनु सिंह निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा शिव कुमार चौधरी (थारु), इना मुल्लाह फकिर, शिवपुजन यादव र कोषाध्यक्षमा बच्चुलाल केवट निर्वाचित भएका हुन् ।

एकताको प्रथम लुम्बिनी प्रदेश अधिवेशन–२०८२ को शनिबार पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेको केन्द्रीय सदस्य विद्या प्रसाद यादवले बताए । रासस

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ५ : ०८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ