आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी « Khabarhub

आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचनमा आयोगमा नयाँ दल दर्ता र पुराना दल खारेजीको क्रम जारी रहँदा आजसम्म १२२ दल कायम रहेका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणा भएको मिति गत भदौ २७ पछि सात नयाँ दल दर्ता र पुराना सात दल खारेज भई एक सय २२ राजनीतिक दल कायम रहेको जानकारी दिए । 

निर्वाचन आयोगले नयाँ दल दर्ताको निवेदन दिने आज अन्तिम दिनसम्म निवेदनको क्रम चलेकाले ती नयाँ आवेदनबारे आवश्यक कागजात हेरेर आयोगले चाँडै निर्णय गरी दल दर्ताको प्रमाणपत्र दिनेछ । 

अहिले आयोगमा २८ नयाँ दलको निवेदन विचाराधीन छ । आयोगको कार्यतालिका अनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म पुराना र नयाँ सबै दलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बेग्लै दल दर्ता गर्नुपर्नेछ । यसका लागि आयोगले सूचना प्रकाशन गरिसकेको छ ।

हालै एकताबाट निर्मित नेपाली कम्युनिष्ट पार्टीलाई आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेपछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका दलहरू समायोजित भई दलको सङ्ख्या घटेको हो ।

आयोगले नागरिकको चापलाई ध्यानमा राखेर मतदाता नामावली दर्ता र अद्यावधिकको कार्यको अवधि आजसम्म निर्धारण गरिएकामा थप गरेर आगामी मङ्सिर ५ गतेसम्मका लागि कायम राखेको छ । 

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ । आयोगले शनिबार यो कार्य जारी राखेको थियो । रासस

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ६ : ३५ बजे

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न