युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की « Khabarhub

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने बताएका छन् । 

अक्टोबरमा मस्कोले सन् २०२२ को आक्रमणको सुरुवातदेखि युक्रेनी ग्यास सुविधाहरूमा व्यापक बमबारी सुरु गरेको थियो । आक्रमणका कारण नागरिकहरूले न्यानोका लागि प्रयोग गर्ने इन्धनको मुख्य स्रोतको उत्पादन ६० प्रतिशत रोकिएको थियो।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले युक्रेनलाई ग्यास आपूर्ति गर्ने विषयमा ग्रीससँग सम्झौता गरिसकेका छौँ ।’

जेलेन्स्कीले थपे, ‘किएभले रूसी हमलाका कारण भएको ‘लगभग दुई अर्ब युरो’ अर्थात् झण्डै २.३२ अर्ब अमेरिकी डलर उत्पादन घाटालाई कभर गर्न वित्तीय सम्झौताहरू पनि सुनिश्चित गरेको छ।’

यो कोष युक्रेनी सरकार, युरोपेली आयोगद्वारा सुनिश्चित गरिएका युरोपेली, युक्रेनी बैङ्कहरू र नर्वेबाट व्यवस्थापन गरिनेछ । 

युक्रेनी राष्ट्रपतिले भने, ‘आफ्ना युरोपेली र अमेरिकी सहयोगीहरूका अतिरिक्त उहाँ अजरबैजानसँग सम्झौता गर्न ‘सक्रियता’ का साथ काम गरिरहेको बताउनुभएको छ। उहाँले पूर्व सोभियत गणतन्त्रबाट ग्यास आयातको लागि ‘दीर्घकालीन सम्झौता’ पूरा गर्ने आशा गर्नुभएको छ।’ 

जेलेन्स्कीको यो घोषणा फ्रान्स र स्पेनको युरोपेली भ्रमणअघि आएको हो । उनको कार्यालयले उनी ग्यास आपूर्ति सुनिश्चित गर्न आइतबार नै ग्रीस जाने एएफपीसँग बताएको छ। 

रूसी बमबारीले गत हिउँदमा नै राष्ट्रिय ग्यास उत्पादनमा आधा प्रभाव परेको युक्रेनी सरकारले जनाएको छ। 

युक्रेनको ऊर्जा नेटवर्ककोबिरूद्ध पहिलो व्यवस्थित आक्रमण सन् २०२२ को अन्त्यमा सुरु भएको थियो। यसले व्यापक बिजुली अभाव सिर्जना गरेको थियो र लाखौँ मानिसहरूलाई चिसो तापक्रम र अन्धकारबीच बस्न बाध्य पारेको थियो। रासस
 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ७ : १२ बजे

चितवनका छ हजार बढी बालिकाहरूलाई एचपीभी खोप

चितवन– जिल्लाका छ हजार ७६८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

काठमाडौं– बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित

एजेन्सी– सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले

व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र

एघार करोडको लागतमा दूधमति नदीको उत्खनन

जनकपुरधाम– एघार करोडको लागतमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति