फ्लड लाइटमा एनपीएल खेल्न मिल्ने गराएर त्रिवि रंगशाला क्यानलाई हस्तान्तरण « Khabarhub

फ्लड लाइटमा एनपीएल खेल्न मिल्ने गराएर त्रिवि रंगशाला क्यानलाई हस्तान्तरण


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्यारापिट राख्ने र फ्लड लाइट जडान गरेपछि सरकारले कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण गरेको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले पहिलो चरणमा निर्माण गरिएको प्यारापिट र फ्लडलाइट सरकारले क्यानलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा सरकारका तर्फबाट सहरी विकासमन्त्री कुलमान घिसिङ पुगेका थिए । आइतबार साँझ भएको हस्तान्तरण कार्यक्रममा क्यानका तर्फबाट पदाधिकारी उपस्थित भएका थिए ।

तस्बिर : फोटो लाइब्रेरी

अब यही मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिगका खेलहरु हुनेछन् । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएलका अधिकांश खेल फ्लडलाइटमा हुने क्यानले तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ३५ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को