फ्लड लाइटमा एनपीएल खेल्न मिल्ने गराएर त्रिवि रंगशाला क्यानलाई हस्तान्तरण « Khabarhub

फ्लड लाइटमा एनपीएल खेल्न मिल्ने गराएर त्रिवि रंगशाला क्यानलाई हस्तान्तरण


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्यारापिट राख्ने र फ्लड लाइट जडान गरेपछि सरकारले कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण गरेको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले पहिलो चरणमा निर्माण गरिएको प्यारापिट र फ्लडलाइट सरकारले क्यानलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा सरकारका तर्फबाट सहरी विकासमन्त्री कुलमान घिसिङ पुगेका थिए । आइतबार साँझ भएको हस्तान्तरण कार्यक्रममा क्यानका तर्फबाट पदाधिकारी उपस्थित भएका थिए ।

तस्बिर : फोटो लाइब्रेरी

अब यही मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिगका खेलहरु हुनेछन् । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएलका अधिकांश खेल फ्लडलाइटमा हुने क्यानले तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ३५ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज