दोलखामा भालु आतंकः एकको मृत्यु ४ घाइते, त्रास कायमै « Khabarhub

दोलखामा भालु आतंकः एकको मृत्यु ४ घाइते, त्रास कायमै


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

दोलखा– पछिल्लो केहि महिनादेखि दोलखामा जंगली जनावर भालु आतंकसँगै आक्रमणले स्थानीय त्रसित बनेका छन्।

जिल्लाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिकामा दिनहुुँ भालु भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन्। अघिल्लो महिना भालुको आक्रमणबाट वैतेश्वर गाउँपालिका–३ ठाडेमा एक जना पुरुषको मृत्यु भएको थियो। वैतेश्वर मिर्गेसगै सिमाना जोडिएको जिरी निगालेमा भने ४ जना घाइते भए।

जिल्लाको गौरीशंकर गाउँपालिकाको माथिल्लो लेक क्षेत्रमा फाट्टफुट्ट देखिने जंगली जनावर भालु हिजोआज लेकका वन जङ्गल छाडेर तल बेँसी झर्दै स्थानीयलाई आक्रमण गर्दै बालिनालीमा क्षति पुर्याउँदै आएको स्थानीय पुष्कर कुमार दाहालले बताए।

दाहालले आइतबार बिहान स्थानीय पातलेको ओडारे खोलामा बच्चासहितको भालु देखेपछि गाउँमा त्रास बढेको जानकारी दिए।

मुलगौँडा मजुवा– पातले सडक खण्डअन्तर्गतको पातलेमा आइतबार बिहान बच्चासहितको भालु देखेपछि वडाले जिल्ला बन कार्यालय दोलखाका रेन्जर र प्रहरी टोलीसहितले भालु देखिएको क्षेत्रमा दोस्रो पटक स्थलगत अनुगमन गर्दै भालु खेल्ने र ओहोरदोहोर गर्ने बाटोको पहिचान गरेको छ।

बढ्दो आतंक र जोखिमलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर वैतेश्वर गाउँपालिका–३ का वडा अध्यक्ष कमल अधिकारीको रोहबरमा डिभिजन बन कार्यालय दोलखा र हनुमन्ते सब डिभिजन बन कार्यालयका रेन्जर रिमा कुमारी बुढामगर,रेन्जर प्रमोद कुमार आग्री,ईलाका प्रहरी कार्यालय मैनापोखरीको प्रहरी हवल्दार गंगाराम पुरी, हनुमन्ते सव डिभिजन बन कार्यालयको टोलीले भालु आतंक र जोखिम क्षेत्रमा पुगेर नियन्त्रणको लागि अध्ययन तथा अनुगमन गरेर पातलेमा भालु रहेकोे पुष्टि गर्दै फर्केको वैतेश्वर–३ का वडा अध्यक्ष अधिकारीले जानकारी दिए। वैतेश्वर–३ को ठाडे र पातलेको स्थानीय बन जङ्गलमा भालु रहेकोे पुष्टि भएको उनले बताए।

जसको नियन्त्रणको लागि अहिले डिभिजन बन कार्यालयले जिल्ला प्रशासन कार्यालयसँग छलफल गरिरहेको उनले बताए। बन अधिकृतसहित रेन्जर र प्रहरी टोलीले आइतबार मिर्गेको पातलेमा भालु ओहोरदोहोर गर्ने बाटो र स्थानीय रायसल्लाह लिएको थियो। लेकाका बन जङ्गलमा रमाउने भालु किन झ¥यो औल?

नेपालमा ३ प्रकारको भालु प्रजाति पाइन्छ।पहाडी तथा लेकमा पाइने भालु तराई र हिमालमा पाइनेभन्दा बढी हिंस्रक र ठुलो हुन्छ। शारीरिक बनावट ठुलो हुने भएकाले यस क्षेत्रमा पाइने भालुलाई बढी आहार तथा चरण चाहिने गर्छ। उक्त भालु लेक वेँसी डुल्ने गर्छ।

सोहीअनुसार चरण चारो र आहारको खोजीमा औलका बन जङ्गल झरेको सव डिभिजन बन कार्यालय जिरीका बन रेन्जर प्रमोद कुमार आग्रीले बताए।

लेकमा भालुले प्राप्त आहार भोजन नपुगेको कारण आहारको खोजीमा तल्लो क्षेत्रमा भालु देखिन थालेको उनले बताए।

दिनहुँ भालु देखिन थालेपछि वैतेश्वर गाउँपालिका–३ मिर्गेले एक सूचनामार्फत जोखिम क्षेत्रका स्थानीयलाई आवस्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। आइतबार एक सूचना जारी गर्दै वडा अध्यक्ष अधिकारीले भालु नियन्त्रणमा नआएसम्म उच्च सतर्कता र सावधानी अप्नाउन अनुरोध गरेका छन्।

वडाले मुख्य गरी मिर्गेको ठाडे, पातले, मजुवाका स्थानीय नागरिकलाई बन जङ्गल जादा र बाटोमा हिड्दा उच्च सतर्कता अपनाउन भनेको हो।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ९ : १६ बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच