मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक « Khabarhub

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको छ।

अब कांग्रेस केन्द्रीय कार्यालयमा मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।

यसअघि भोलि (मंसिर १ गते) सोमबार दिउँसो २ः०० बजे बस्ने भनिएकोमा उक्त बैठक ४ गतेलाई सारिएको हो। यसअघि शनिबार बस्ने भनिएको बैठक १ गतेलाई सारिएको थियो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचित गरिएको मुख्य सचिव पौडेलले जनाएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिना अघिदेखि जारी छ। महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा कांग्रेसभित्र तीब्र विवाद छ।

बैठकमा सबै नेताहरूले बोलिसके पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्णय नदिएर सभापति शेरबहादुर देउवालाई पर्खिएका थिए।

देउवा सिंगापुरमा उपचार सकेर नेपाल फर्किसकेका छन्। देउवा स्वदेश फर्केलगत्तै चुनावपछि महाधिवेशन गर्नेगरी सक्रियता बढाएका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १० : ३० बजे

पहिचान पक्षधर चार पार्टीबीच एकता

बनियानी– पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा– यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई

जेन-जी र सरकारबीच १० बुँदे सम्झौतामा हस्ताक्षर हुँदै (दस्तावेजसहित)

काठमाडौं- जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच बुधबार सम्झौता पत्रमा

सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेन-जी आन्दोलनकारीहरूबीच तीन