एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान « Khabarhub

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डपमा मंगलबार दिउँसो १ बजे सुरु हुनेछ। निर्वाचनको अवधि साँझ ७ बजेसम्म तोकिएको छ।

यो महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर भिड्दैछन्। आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेल प्यानल बनाएरै भिड्न लागेका हुन्।

आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानमा विद्युतीय मेसिनको प्रयोग हुनेछ। ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने उनको भनाइ छ। एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा कुल दुई हजार २६३ प्रतिनिधि सहभागी छन्।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रकाशित नामावलीअनुसार एक अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। अन्य पदाधिकारी तथा सदस्यमा उनीहरूको समूह र स्वतन्त्र रूपमा पनि उम्मेदवारी परेको छ ।

पार्टीको संशोधित विधानअनुसारा पाँच उपाध्यक्ष पदमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट परशुराम मेघी गुरुङ पुथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ डा विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाको उम्मेदवारी परेको छ । एक महासचिवका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन्।

यस्तै, तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ । विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा करिब एक हजारभन्दा बढीको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ६ : १८ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक