जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध « Khabarhub

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ प्रतिबन्ध लगाएका छन्। यो ऋणदातालाई प्रभावित गर्नसक्ने पछिल्लो हलचल हो।

“विशेष गरी जोखिम र गुनासो व्यवस्थापन र ऋण व्यवसायसम्बन्धी उक्त संस्थामा गम्भीर कमजोरीहरू थिए,” बित्तिय संस्थालाई नियमन गर्ने अनुगमनकारी संस्था बाफिनले भनेको छ। बाफिनले गत वर्ष एन–२६ विशेष लेखापरीक्षण गरेको थियो।

बाफिनले एन–२६ लाई समस्याहरू समाधान गर्न कदम चाल्न आदेश दिएको र बैङ्कको प्रगतिको अनुगमन गर्न ‘विशेष प्रतिनिधि’ नियुक्त गरिरहेको बताएको छ।

“बैङ्कलाई नेदरल्यान्ड्समा नयाँ धितो ऋण सञ्चालन गर्नबाट पनि रोकिएको थियो र थप पुँजी राख्न आदेश दिइएको थियो,” नियामक संस्था बाफिनले भनेको छ।

एन–२६ ले एएफपीलाई उपलब्ध गराएको एक विज्ञप्तिमा भनिएको छ, “यो ‘सुपरिवेक्षण अधिकारीहरू र नियुक्त विशेष प्रतिनिधि’सँग निकट र रचनात्मक छलफलमा छ।”

सन् २०१३ मा स्थापना भएको र २४ देशहरूमा सञ्चालन भएको बैङ्कले प्रशासन सञ्चालन संरचनामा समायोजनजस्ता उपायहरूको साथ योजना कार्यान्वयन गरिरहेको बताएको छ।

यो अनलाइन बैङ्कको लागि पछिल्लोे समस्या हो। बैङ्क सन् २०१८ देखि नियामकको मार्गनिर्देशमा रहेको छ। मिडिया अनुसन्धानले यसमा नक्कली परिचयपत्रले खाता खोल्न सम्भव भएको देखाएको थियो।

त्यसपछि बैङ्कलाई सम्पत्ति शुद्धीकरण विरोधी कार्यमा समस्याको लागि ठूलो जरिवाना लगाइएको थियो।

यी चिन्ताहरूले नियामकहरूलाई यसले स्वीकार गर्न सक्ने नयाँ ग्राहकहरूको सङ्ख्यामा नियन्त्रण गर्न बाध्य पारेको थियो, यद्यपि, यो गत वर्ष हटाइएको थियो।

यस वर्षको सुरुमा कमजोरीहरूको बारेमा चिन्ता बढ्दै जाँदा एन–२६ ले आफ्नो शीर्ष नेतृत्वलाई फेरबदल गरेको थियो।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : २३ बजे

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित