ईश्वर पोख्रेल मतदान स्थल पुगे, ओली जाँदै  « Khabarhub

ईश्वर पोख्रेल मतदान स्थल पुगे, ओली जाँदै 


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि नेतृत्व चयन गर्न आज निर्वाचन हुँदै छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ । 

अहिले मतदानस्थल भृकुटीमण्डपमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पुगेका छन् । उनी पुग्दा युवाहरूले नाराबाजी लाएर स्वागत गरेका छन् ।

पोखरेल पुगेर अहिले मतदाताहरूसँग मत मागिरहेको देखिन्छ । उनीसँग केही युवा र केही पाएका व्यक्तिहरू पनि उनको पक्षमा मत माग्नसँगै हिँडेका छन् । 

यता अध्यक्ष केपी शर्मा ओली भने अहिलेसम्म मतदान स्थल पुगेका छैनन्। उनी मतदानस्थलमा जाने तयारीमा रहेको उनको सचिवालय बताउँछ ।

ओली र पोखरेल पक्षले मतदान गर्नका लागि आफ्ना पक्षका नेताको लिस्ट बाँडे पनि सामूहिक मत माग्न भने प्रतिनिधिसँग हिँडेका छैनन् ।

पर्चा टेम्पलेट बोकेर आ-आफ्नो ढंगले नेताहरूले मत मागिरहेको देखिन्छ। शुभेच्छुकले भने आफ्ना पक्षका नेताहरूलाई मत मागिरहेका छन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ११ : ४३ बजे

वैधानिकताको दबाब : कांग्रेस देउवा पक्षका नेता निर्वाचन आयोगमा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार