देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ? « Khabarhub

देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ?


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच आज भेटघाट भएको छ। 

पार्टीको क्रियाशील सदस्यता वितरण र केन्द्रीय अनुशासन समितिले सिफारिस गरेको कारबाही फुकुवाका विषयमा छलफल गर्न नेता कोइराला केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालसहित सभापति देउवालाई भेट्न पुगेका हुन् ।

भेटमा कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले नम्बर नखुलेका फारम जिल्ला-जिल्ला पठाएको विषय उठाउँदै यसले पार्टीभित्र देशव्यापी जटिलता सिर्जना गरेको बताएका छन् ।

उनले ती बिना नम्बरका फारम तत्काल फिर्ता गरि नयाँ फारम पठाउन निर्देशन दिन सभापति देउवालाई आग्रह गरेका छन्। कोइरालाको भनाइमा, नम्बरविहीन फारमका आधारमा महाधिवेशन प्रक्रिया अघि बढ्नै नसक्ने अवस्था छ।

त्यसैगरी, केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीप्रति देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबै कारबाही फुकुवा गर्नुपर्ने धारणा राखे। उनले पार्टीलाई महाधिवेशन र आगामी आम निर्वाचनमा केन्द्रित गरिनुपर्ने बताउँदै २०७९ सालको निर्वाचनका बेला गठबन्धनका सन्दर्भमा भएका विषयलाई लिएर अहिले कारबाही गर्नु उपयुक्त नहुने तर्क प्रस्तुत गरेका छन्।

भेटघाटमा उठेका विषयमा सभापति देउवाले छलफल गरेर आवश्यक निर्णय लिने संकेत दिएको बताइएको छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १ : ४४ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा