पुराना र पाका नेताहरूलाई सम्मान गर्न प्यानलमा नाम समेटेका हौँ : कर्ण थापा « Khabarhub

पुराना र पाका नेताहरूलाई सम्मान गर्न प्यानलमा नाम समेटेका हौँ : कर्ण थापा


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले एघारौं महाधिवेशनमा सचिव पदका उम्मेदवार कर्ण थापाले पुराना तथा पाका नेताहरूलाई सम्मान गर्नका लागि आफ्नो प्यानलको केन्द्रीय समितिको लिस्टमा नेताहरूको नाम समावेश गरेको बताएका छन् ।

एमालेको जारी एघारौँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल पक्षले प्यानल सार्वजनिक गर्दै केन्द्रीय सदस्यमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको नाम राखेपछि थापाले खबरहबसँग यस्तो बताएका हुन् ।

उनले माधव नेपाल अध्यक्ष भएको बेला पार्टीको सातौँ महाधिवेशनमा पनि ओली लगायतका नेताहरूको नाम केन्द्रीय समितिमा हुनाले आठौँ र नवौँ महाधिवेशनमा उनीहरू उम्मेदवार बन्न पाएको उल्लेख गर्दै कम्युनिस्ट पार्टीको संस्कारलाई निरन्तरता दिनुपर्ने बताए ।

थापाले कम्युनिस्ट पार्टीमा कोही पनि शत्रु नहुने भन्दै ओली लगायतका शीर्ष नेताको नाम केन्द्रीय समितिमा समेटेको जानकारी दिए ।

‘कम्युनिस्ट पार्टीमा कोही पनि शत्रु हुँदैन जसरी अध्यक्ष ओलीले हामीलाई शत्रु देखिरहनुभएको छ त्यो गलत परम्परा हो । माधव नेपालको एकल वर्चश्व रहँदा पनि पार्टीमा उहाँले ओली लगायतका नेतालाई केन्द्रीय कमिटीमा समेट्नुभएको कारण नै ओली आजको अवस्थामा हुनुहुन्छ ।’ थापाले भने, ‘पार्टीको दशौँ र नवौँ महाधिवेशनमा पनि हामीले यस्तो अभ्यास गर्दै आएको हो । उहाँले हाम्रा पक्षका अग्रज नेताहरूको नाम केन्द्रीय कमिटीमा नसमेटे पनि हामीले आफ्नो प्यानलमा समेटिएका हौँ ।’

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  २ : ४२ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा