पोखरेल प्यानलमा पदाधिकारीको अन्तिम सूची : अग्नि खरेल सचिव समेटिँदा आनन्द पोखरेल उपमहासचिवमा आए « Khabarhub

पोखरेल प्यानलमा पदाधिकारीको अन्तिम सूची : अग्नि खरेल सचिव समेटिँदा आनन्द पोखरेल उपमहासचिवमा आए


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यालनलबाट पदाधिकारीका उम्मेदवारहरूको अन्तिम सूची आएको छ।

पोखरेल प्यानलमा अध्यक्ष केपी शर्मा ओली समूह छाडेका आनन्द पोखरेल र अग्नि खरेल समेटिएका छन् । पोखरेललाई उपमहासचिवमा राखिएको छ भने खरेललाई सचिवमा राखिएको छ ।

यो टीमबाट अध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र परशुमेघी गुरुङलाई राखिएको छ । उता महासचिवमा सुरेन्द्र पाण्डे रहेका छन् । उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र वैजनाथ चौधरी रहेका छन् ।

सचिवहरूतर्फ अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बाँस्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ५ : ०७ बजे

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका