युद्ध रोक्न कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्छ : थाइल्यान्ड « Khabarhub

युद्ध रोक्न कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्छ : थाइल्यान्ड


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । 

थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैंकमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा इमानदारीपूर्वक सहयोग गर्नुपर्ने बताएका छन् ।  

यस महिना दक्षिण पूर्वी एसियाली छिमेकीहरू बिचको लडाइँले सैनिक र नागरिकहरू सहित कम्तिमा ३२ जनाको ज्यान लिएको साथै करिब आठ लाख विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।

प्रत्येक पक्षले आत्म–रक्षा र नागरिकहरू माथि आक्रमणको आरोप लगाउँदै झडपलाई उक्साएकोमा अर्कोलाई दोष दिएका छन् । कम्बोडियाले  भने हाल सम्म थाइल्यान्डको बयानमा कुनै प्रतिक्रिया दिएको छैन ।

यस वर्षको सुरुमा सीमा द्वन्द्वमा हस्तक्षेप गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता दुई देश शनिबार देखि युद्धविराम गर्न सहमत भएको दाबी गर्नु भएको थियो । 

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले आफ्नो देशले वासिङ्टनको सहभागितामा आसियान क्षेत्रीय अध्यक्ष मलेसियाको युद्धविराम पहललाई समर्थन गरेको बताएका छन् । 

तर पछिल्लो समयमा बैंकले ट्रम्पको युद्धविराम दावीलाई अस्वीकार गरेको भने डिसेम्बर–७ देखि दैनिक पुनः लडाइँ जारी छ ।  

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ५ : २७ बजे

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल