करोडौँ खर्चिएर निर्माण गरिएका फिल्म सिटीका भौतिक संरचना बेवारिसे ! « Khabarhub

करोडौँ खर्चिएर निर्माण गरिएका फिल्म सिटीका भौतिक संरचना बेवारिसे !


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यको रूपमा रहेको डाङडुङेमा बन्ने भनिएको फिल्म सिटी निर्माण कार्य अलपत्र पर्दा तत्कालीन समय निर्माण गरिएका आधा दर्जन भौतिक संरचना अहिले बेवारिसे बनेका छन् ।

केही वर्ष अघि प्रदेश सरकारले चलचित्र विकास बोर्ड मार्फत करोडौँ बजेट खर्च गरेर निर्माण गरिएको भौतिक संरचनाहरू आयोजना नै अलपत्र बन्दा बेवारिसे बन्न पुगेका हुन् ।

पछिल्ला ३ वर्ष देखि चलचित्र विकास बोर्ड,संघीय सरकार तथा प्रदेशबाट बजेट विनियोजन नहुँदा पहिलो र दोस्रो चरणमा निर्माण गरिएका भवन सहित भौतिक संरचना बेवारिसे बन्न पुगेको पाइएको छ ।

सरकारले राष्ट्रिय महत्त्वपूर्ण आयोजनाको रूपमा विकास गर्न लगानी गरेको सडक, पूर्वाधार विकाससहितको झन्डै १७  करोड हाराहारीको लगानी अहिले बेवारिसे अवस्थामा पुगेको हो ।

राज्यको करोडौँ लगानी बालुवामा पानी 

यतिठुलो रकम खर्च गरेर निर्माण गरिएका सबै संरचनाहरू बेवारिसे बन्दा राज्यको लगानी बालुवामा पानी भने,जस्तै भएको जिल्लाका सर्वसाधारण नागरिकले गुनासो गर्न थालेका छन् ।

राज्यले पटक पटक स्थगित र सुचारु भन्दै हालसम्म करिब १७ करोड बजेट उक्त आयोजनाको लागि खर्च गरे पनि पछिल्ला वर्षहरूमा बजेट विनियोजन गर्न नसक्दा आयोजनाको निर्माण अलपत्रसँगै हालसम्म गरेको लगानी बेवारिसे बन्न पुगेको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले बताए ।

२०६९ साल जेठ ४ गते नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले उक्त आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा राख्न राष्ट्रिय योजना आयोगलाई पत्र काटेको थियो ।

सोही अनुसार राष्ट्रिय योजना आयोगले दोलखाको साबिक लाकुरीडाँडा गाविसको डाङ्गडुङ्गे डाँडामा सुविधा सम्पन्न आधुनिक चलचित्र नगरी फिल्म सिटी निर्माणलाई प्राथमिकता राखेर १७ करोड बढी खर्च गरे पनि हाल उक्त आयोजना पुरा गर्न सरकारले नै चासो नदिएको कारण बेवारिसे बन्न पुगेको छ ।

-निर्माण गरिएका भौतिक संरचनाको संरक्षण गर्ने उपाय खोज्दै भीमेश्वर नगर 

फिल्म सिटीको लागि भन्दै बागमती प्रदेश सरकार र चलचित्र विकास बोर्डले निर्माण गरेका  सूचना केन्द्र एक, गेस्ट हाउस दुई र प्रवेशद्वार, पोखरीका संरचना निर्माण गरिएका थिए ।

तर अहिले यी सबै संरचना बेवारिसे बन्न पुगेपछि भीमेश्वर नगरपालिकाले संरक्षणको लागि उपाय खोजिरहेको इन्जिनियर राउतले बताए ।

उनका अनुसार सडक बाहेकका यी भौतिक संरचना निर्माण गर्न राज्यले दुई चरणमा  ठेक्कामार्फत झन्डै ३ करोड खर्च गरेको थियो ।

सूचना केन्द्रका लागि निर्माण गरिएको दुई तलाको भवन प्रयोग विहीन छ । त्यसैगरी  दुई वटा गेस्ट हाउस, कम्पाउन्ड, सिँढी र प्रवेशद्वारका संरचना निर्माण गरिएका छन् ।

अलपत्र अवस्थामा रहेका यी संरचनाको व्यवस्थापन गर्न नगरपालिकालाई जिम्मेवारी दिन सम्बन्धित निकायलाई पटक पटक आग्रह गरिए पनि नगरलाई बोर्डले जिम्मा नदिएको हुँदा अहिले बनेका संरचनाको संरक्षण गर्न नगर कार्यपालिकामा छलफल भएको र स्थानीय समुदाय मार्फत संरक्षण गर्न कार्यविधि बनाउन लगिएको इन्जिनियर राउतले सुनाए  । 

अघिल्लो वर्ष तथा यस वर्षमा कहीँ कतैबाट पनि बजेट परेको छैन । यस्तै हो भने अन्तर्राष्ट्रियस्तरको यो चलचित्र नगरी (फिल्म सिटी) कहिले सम्पन्न हुने भन्ने नै अन्योल बनेको छ ।

-प्राकृतिक रूपमा सुन्दर डाँङ्गडङ्गे डाँडामा करोडौँ मूल्यका बेवारिसे संरचना 

लामोसाँघु–जिरी सडकखण्डको खरीढुङ्गामा प्रवेशद्वार र प्रवेशद्वारदेखि करिब ६ किलोमिटर सडक निर्माण सम्पन्न गरिएको छ। त्यसैगरी विद्युत् लाइनको लागि पोल गाडेर बेवारिसे अवस्थामा छोडिएको छ ।

प्राकृतिक हिसाबले जिल्लाकै महत्त्वपूर्ण गन्तव्यको रूपमा परिचीत डाँङ्गडुङ्गेडाँडा दोलखा र सिन्धुपाल्चोकमा अवस्थित हिमालय पर्वत तथा हिमशृङ्खलाहरूको प्रत्यक्ष अवलोकन गर्न र वरपरका रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्न अहिले पनि फाट्टफुट्ट आन्तरिक तथा बाह्र पर्यटक यहाँ पुग्ने गरेका छन् । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ६ : ३० बजे

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा