जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ « Khabarhub

जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको र नहराएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो पुस्ता अन्याय नसहने बताएकी हुन्।

‘कर्णालीका जेन–जी न हराएका छन्, न डराएका छन्।
हेक्का रहोस्, हामी मौन बसेर अन्याय सहने पुस्ता होइनौँ,’ उनले भनेकी छन्।

दशकौँदेखि कर्णालीमा झाङ्गिँदै आएको बेथिति, भ्रष्टाचार र अकर्मण्य कर्मचारीतन्त्र अब उखेलिन सुरु भइसकेको उनको भनाइ छ।

‘दशकौँदेखि कर्णालीमा झाङ्गिँदै आएको बेथिति, भ्रष्टाचार र अकर्मण्य कर्मचारीतन्त्र अब उखेलिन सुरु भइसकेको छ
अब भाषण होइन, नतिजा चाहिन्छ,’ उनले थप भनेकी छन्, ‘अब योजना मात्रै होइन, कार्यान्वयन चाहिन्छ। संघ, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीतन्त्रलाई हाम्रो स्पष्ट सन्देश आफ्नो जिम्मेवारी इमानदारी, पारदर्शिता र जनउत्तरदायित्वका साथ पूरा गरौँ। नत्र, जनताले हेरेर बस्ने छैनन्।’

उनले कर्णालीले अब दया नभई, न्याय र अधिकार माग्ने पनि बताइन्।
‘ कर्णाली अब आश्वासन होइन, परिवर्तन माग्छ। कणाली अब विकल्प कुर्दै बस्दैन, आफैँ बन्छ’ उनले भनेकी छन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ९ : ०९ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको