जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ « Khabarhub

जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको र नहराएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो पुस्ता अन्याय नसहने बताएकी हुन्।

‘कर्णालीका जेन–जी न हराएका छन्, न डराएका छन्।
हेक्का रहोस्, हामी मौन बसेर अन्याय सहने पुस्ता होइनौँ,’ उनले भनेकी छन्।

दशकौँदेखि कर्णालीमा झाङ्गिँदै आएको बेथिति, भ्रष्टाचार र अकर्मण्य कर्मचारीतन्त्र अब उखेलिन सुरु भइसकेको उनको भनाइ छ।

‘दशकौँदेखि कर्णालीमा झाङ्गिँदै आएको बेथिति, भ्रष्टाचार र अकर्मण्य कर्मचारीतन्त्र अब उखेलिन सुरु भइसकेको छ
अब भाषण होइन, नतिजा चाहिन्छ,’ उनले थप भनेकी छन्, ‘अब योजना मात्रै होइन, कार्यान्वयन चाहिन्छ। संघ, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीतन्त्रलाई हाम्रो स्पष्ट सन्देश आफ्नो जिम्मेवारी इमानदारी, पारदर्शिता र जनउत्तरदायित्वका साथ पूरा गरौँ। नत्र, जनताले हेरेर बस्ने छैनन्।’

उनले कर्णालीले अब दया नभई, न्याय र अधिकार माग्ने पनि बताइन्।
‘ कर्णाली अब आश्वासन होइन, परिवर्तन माग्छ। कणाली अब विकल्प कुर्दै बस्दैन, आफैँ बन्छ’ उनले भनेकी छन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ९ : ०९ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री