एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन « Khabarhub

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद सुरक्षित नरहेको प्रतिक्रिया दिएका छन्। मंगलबार अन्तिम समयमा मतदान स्थगित भएपछि प्रतिक्रिया दिनेक्रममा नेताहरूले यसपटक छुट्टै नतिजा आउने बताएका हुन्।

‘कसैको पनि पद सुरक्षित छैन। अरु महाधिवेशनभन्दा यो पटक छुट्टै नतिजा आउँछ,’ अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल समूहका सचिव पदका उम्मेदवार कर्ण थापाले भने, ‘यो पटकको निर्वाचन आश्चर्यचकित लाग्दो हुन्छ।’

अध्यक्षका अर्का उम्मेदवार केपी शर्मा ओली समूहकी नेतृ पद्मा अर्यालले महाधिवेशन प्रतिनिधिले पार्टी एकताबद्ध बनाउका लागि विवेक प्रयोग गरेर मतदान हुने विश्वास व्यक्त गरिन्।

‘प्रतिनिधिहरूले विवेक प्रयोग गरेर मतदान गर्नुहुन्छ। अहिलेको अवस्थामा नेतृत्वको विकल्प छैन’ उनले भनिन्, ‘मूल नेतृत्वको पक्षमा नै महाधिवेशनले निर्णय गर्ने विश्वास छ। यसले गर्दा पार्टी एकताबद्ध भएर अगाडि बढ्छ।’

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १० : ११ बजे

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

बागलुङ– विकासका हिसाबले ओझेलमा परेको बागलुङकाे रामतोला गाउँ जोड्ने सडक