एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन « Khabarhub

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद सुरक्षित नरहेको प्रतिक्रिया दिएका छन्। मंगलबार अन्तिम समयमा मतदान स्थगित भएपछि प्रतिक्रिया दिनेक्रममा नेताहरूले यसपटक छुट्टै नतिजा आउने बताएका हुन्।

‘कसैको पनि पद सुरक्षित छैन। अरु महाधिवेशनभन्दा यो पटक छुट्टै नतिजा आउँछ,’ अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल समूहका सचिव पदका उम्मेदवार कर्ण थापाले भने, ‘यो पटकको निर्वाचन आश्चर्यचकित लाग्दो हुन्छ।’

अध्यक्षका अर्का उम्मेदवार केपी शर्मा ओली समूहकी नेतृ पद्मा अर्यालले महाधिवेशन प्रतिनिधिले पार्टी एकताबद्ध बनाउका लागि विवेक प्रयोग गरेर मतदान हुने विश्वास व्यक्त गरिन्।

‘प्रतिनिधिहरूले विवेक प्रयोग गरेर मतदान गर्नुहुन्छ। अहिलेको अवस्थामा नेतृत्वको विकल्प छैन’ उनले भनिन्, ‘मूल नेतृत्वको पक्षमा नै महाधिवेशनले निर्णय गर्ने विश्वास छ। यसले गर्दा पार्टी एकताबद्ध भएर अगाडि बढ्छ।’

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १० : ११ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली