पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल « Khabarhub

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक बोलाउने तयारी गरिएको बताएका छन् ।

मंगलबार राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको बताए ।

राष्ट्रियसभा बैठक बोलाउने कुरामा सरकार असहमत नभएको पनि उनको भनाइ छ । बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको उनको भनाइ छ । करिब १० दिनसम्मका लागि विजनेस भए पनि अरु बिजनेस नभएको अध्यक्ष दाहालको भनाइ थियो ।

यस्तो छ अध्यक्ष दाहालको भनाइ :

पुसको १२ गते बैठक बोलाउँछु म । जसरी पनि त्यो काम पूरा गर भनेर ठेकदारलाई भनिएको छ । मलाई लाग्छ–१०, १२ गतेसम्म हल तयार हुन्छ । अलिकति आकार आएपछि प्रधानमन्त्रीसँग गएर कुरा गरेर सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन । अब के होला त्यो कार्यान्वयनमा जाला ? तर, बैठक चाँही हामी १०/१२ गतेतिर बस्छौँ ।

तर, अब सरकारसँग बिजनेस केही पनि छैन । हामीसँग २/३ वटा विधेयक छन् । कि अब हामीले चलाउने नाममा आयोगका प्रतिवेदनहरू छन् । मन्त्री बोलाउने, छलफल गर्ने, बस्ने एउटा कुरा हो । तर, त्यति धैरै बिजनेसहरू छैन । अब उता गएको विधेयकहरू निस्क्रिय भइहाले । हामीसँग ४ वटा छन् । हामीसँग विधेयक नै कम छन् । एउटा विधेयक अध्यादेशमार्फत आएको छ । त्यो आर्थिक विधेयक हो भने राष्ट्रियसभालाई छलफल गर्ने अधिकार छैन । त्यो प्रतिनिधिसभामा मात्रै छलफल हुने हो । त्यसकारण हामीसँग १० दिनभन्दा बढी छलफल गर्ने बिजनेस छैन । सरकारलाई बिजेनसको बारेमा सोच्नुस् भनेर भनेको छु । जसोतसो चलाउनुपर्ला ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १० : २३ बजे

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको