सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक « Khabarhub

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका प्रतिनिधिबीचको वार्ता सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनले भने, “सरकार र नागरिक बचाउ अभियानबीच सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुवै तर्फबाट आआफ्ना कुराकानी सौहार्दपूर्ण ढंगले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ ।”

अभियानका प्रतिनिधि प्रेमदीप लिम्बूले वार्तामा सकारात्मक र सौहार्दपूर्ण रूपमा कुराकानी भएको बताए । आन्तरिक गृहकार्य गरेर चरणद्ध वार्ता र संवादका माध्यमबाट महाअभियानले उठाएका मागको समाधान गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।

वार्तामा सरकारका तर्फबाट सञ्चारमन्त्री खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियान लिम्बूको नेतृत्वमा देवीप्रसाद संग्रौला र प्रेम थापामगर सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका थिए ।

आजको वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।

सरकारले राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो । विभिन्न राजनीतिक दल र सरोकार भएकाहरूसँग वार्ता गर्न केही दिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन् । राजनीतिक दल र विभिन्न पक्षसँग वार्ता गर्न उक्त समितिअन्तर्गत सञ्चारमन्त्री खरेलको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ । सोही समितिले आज अभियानका प्रतिनिधिसँग वार्ता गरेको हो ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ११ : ३० बजे

तस्बिरमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ ।

कफी उत्पादक किसानलाई व्यावसायिक कफीखेती प्रविधि तालिम

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई व्यावसायिक

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजका औपचारिक कार्यक्रम स्थगित

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि तय भएका

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी