किन ढिला हुँदैछ युद्धविराम प्रस्ताव इजरायल क्याबिनेटमा लैजान ? « Khabarhub

किन ढिला हुँदैछ युद्धविराम प्रस्ताव इजरायल क्याबिनेटमा लैजान ?


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासले अन्तिम समयमा सहमति पत्रमा केही फेरबदल गर्न चाहेको आरोप लगाउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विरामलाई क्याबिनेटमा लैजान ढिलाइ गरेका छन्।

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले केही खुकुलोपना देखिएको बताउँदै आइतबारदेखि कार्यान्वयनमा हुनेमा विश्वास व्यक्त गरेका छन्। वार्तामा सहभागी इजरायली अधिकारीले सेक्युरिटी क्याबिनेटबाट पास नभई युद्ध विराम लागु नहुने बताएको छ।

हमासले युद्ध विराममा सहमति जनाएको छ। तथापि अन्तिम समयमा रिहाइ गरिने बन्दीमा केही नाम थप्न चाहेका कारण समस्या आएको जनाइएको छ। बुधबार युद्ध विरामको खाका तयार भए पनि लागु हुने भनिएको १९ जनवरी भन्दा अघि नै इजरायली हवाई आक्रमणमा ८० जनाको ज्यान गइसकेको छ।

बिहीबार बिहान इजरायलको क्याबिनेटमा यो प्रस्ताव लैजान ढिलाइ भएपछि इजरायली प्रधानमन्त्री नेतान्याहुले यसको आरोप हमासलाई लगाएका हुन्। अमेरिकामा भएको पत्रकार सम्मेलनमा बोल्दै ब्लिन्केनले केही समस्या देखिए पनि सबै लचिलो भएर निष्कर्ष पुग्ने बताएका छन्।

इजरायली सञ्चार माध्यमले शुक्रबार क्याबिनेटमा फेरि छलफल भएर पास हुने विश्वास व्यक्त गरेका छन्। क्याबिनेटका युद्ध विराम मन्त्री प्रस्तावको पक्षमा छन्। यसका बाबजुद सत्तारुढ उग्र दक्षिण पन्थी दलको प्रतिनिधित्व गरेका सुरक्षा मन्त्री इतमार बेन गिभिरले युद्ध विराम भएमा उनको दलले सत्ता छाड्ने बताएका छन्। उनले आफ्नो दल ओहत्जमा यहुदीले अहिलेको अवस्थामा यो प्रस्ताव युद्ध विराम स्वीकार नगर्ने बताएका हुन्। उनले रिलिजियस यहुदी पाटीको प्रतिनिधित्व गरेका अर्थमन्त्री बेजलल स्मोटरिचले पनि सत्ता त्याग्ने अनुमान गरेका छन्।

६ साता लामो प्रक्रिया रहेको युद्ध विरामको पहिलो चरणमा जेलमा रहेका प्यालेस्टाइनी बन्दीको रिहाइको बदलमा पहिलो पटक ३३ जना छाड्ने सहमति भएको हो। यसै समयमा अत्यधिक जनसङ्ख्या रहेको गाजाको पूर्वी भागबाट इजरायली सेना हटाउने सहमति पनि भएको छ।

त्यसै दिनदेखि विस्थापितहरू घर आउन सुरु गर्ने छन् सहयोगका ट्रकहरू निर्बाध रूपले त्यस प्रवेश क्षेत्रमा गर्नेछन्। पहिलो चरण १६ दिन लाग्ने छ। १६ दिनपछि अन्य बन्दी छाड्ने तथा इजरायलले पूर्ण रूपमा त्यो स्थान छाड्ने सहमति भएको हो।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ५ : २० बजे

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं

कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो

मान्म– कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको

ईरान–इजराइल युद्धका कारण चिनियाँ रिफाइनरीले सञ्चालन घटायो

यूएई- चीनको ठूलो रिफाइनरी कम्पनी झेजियाङ्ग पेट्रोकेमिकल कर्पले आफ्नो अपरेशन

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौं– बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट

पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्बिरहरू)

काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको