नदीले कटान गरेका स्थानमा तटबन्धन निर्माण | Khabarhub Khabarhub

नदीले कटान गरेका स्थानमा तटबन्धन निर्माण


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

उदयपुर– त्रियुगा नगरपालिका–११ स्थित बरुवा नदीले बर्सेनि कटान गरेको स्थानमा स्थायी तटबन्धन निर्माण सुरू भएको छ । बिहीबारदेखि गाईघाट शिवालय टोलस्थित बरुवा नदी कटान स्थानबाट स्थायी तटबन्धन निर्माण सुरू गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

उक्त स्थायी तटबन्धनको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले औपचारिक शिलान्यास गरेपछि तटबन्धन निर्माण कार्य सुरू भएको हो । गाईघाटस्थित शिवालय टोलबाट मदन भण्डारी मार्गको बरुवा खोलाको पुलसम्म झन्डै डेढ किलोमिटर लामो तटबन्धन निर्माण औपचारिक रूपमा सुरू भएको छ ।

सङ्घीय सरकार जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक करोड बजेट व्यवस्थापन गरेपछि ६० मिटर लम्बाइको पक्की तटबन्धन निर्माण गरिन लागेको त्रियुगा नगरपालिकाका प्रमुख बस्नेतले बताए। एक करोडसम्मको बजेट योजना उपभोक्ता समिति गठन गरेर सञ्चालन गर्न सकिने हुनाले तटबन्धन निर्माण कार्य यहाँका स्थानीयको अगुवाइमा उपभोक्ता समिति गठन गरेर सुरू भएको हो ।

यसपटकको बजेटले ६० मिटर तारजाली ढुङ्गासहितको तटबन्धन निर्माण हुने र स्थायी कलभर्ट निर्माण गर्न लागिएको त्रियुगाले जनाएको छ 

। 

शिवालय, साकेलासहित सङ्गम टोल बर्सेनि बरुवा नदी कटानको उच्च जोखिममा परेपछि तटबन्धन निर्माण सुरू गरिएको हो । यसबाट गाईघाट क्षेत्रका आठ वटा टोलका झन्डै १० हजार बासिन्दा कटानको जोखिमबाट सुरक्षित हुने अवस्था रहेको बताइन्छ ।

विसं २०२९ मा पहिलो पटक बरुवा नदीले यस क्षेत्रमा कटान गर्दा यहाँका ६० घर विस्थापित भएका थिए भने गाईघाट बजारसहितका सय घरपरिवार विस्थापित भएको त्रिुगा नगरपालिकाले जनाएको छ । 

यस्तै, २०३७ सालको कटानले ४० घर विस्थापित भएका थिएभने २०५७ सालको कटानले १० घर विस्थापित भएका थिए । त्यसपछिका दिनमा अस्थायी तटबन्धन निर्माण गरेर तत्कालका लागि कटान रोक्ने काम हुँदै आएको त्रियुगा नगरपालिकाले बताएको छ ।

बजेटको अभावमा त्रियुगा नगरपालिका, सङ्घीय सांसदसहितको सहयोग तथा पहलमा बजेट व्यवस्थापन सुरू भएपछि अब ५० वर्षपछि बरुवा नदीमा स्थायी तटबन्धन निर्माण सुरू भएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : ०४ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना