कागबेनी–छुसाङखण्ड कालोपत्रे गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित | Khabarhub Khabarhub

 कागबेनी–छुसाङखण्ड कालोपत्रे गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– भारत र चीन जोड्ने राष्ट्रिय गौरवअन्तर्गत कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी–छुसाङखण्ड कालोपत्रका लागि ५० करोड बजेटको स्रोत सुनिश्चित भएको छ। 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ कागबेनीदेखि वडा नं ३ छुसाङखण्डको १० किलोमिटर कालोपत्रे गर्न बहु वर्षीय ठेक्का लगाउन रु ५० करोड बजेटको स्रोत सुनिश्चितता गरेको मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले बताए। 

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १० किलोमिटरका लागि बहु वर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चितता गरेको हो । बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले चालु आवभित्रनै ठेक्का सम्झौता गर्ने लक्ष्यसहित ठेक्का आह्वानको तयारी गरिएको बताए। कम्तीमा ११ मिटर फराकिलो हुने दुई लेनको सडकमा अक्सफाल्ट प्रविधिको कालोपत्रे गरिनेछ । 

आयोजनामार्फत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि चीनको सिमाना कोरला नाकासम्म दुई सय दुई किलोमिटर दूरीमा स्तरोन्नतिको काम भइरहेको छ । विसं २०७४ मा सुरु भएको योजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ । 

१० अर्ब लागत अनुमान गरिएको उक्त सडक आव २०७९-८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । एक सय पाँच किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्रे, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँले बताए। 

चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा हालसम्म १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँच वटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँच वटा पुल ठेक्का प्रक्रियामा जान बाँकी छ । 

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२-८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ । 

भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी कोरिडोर सडकलाई गण्डकी प्रदेशको भाग्य रेखा मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक स्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : ५६ बजे

दुग्ध विकास संस्थानबाट असुलियो एक करोड राजस्व

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुग्ध विकास संस्थानबाट एक करोड दुई लाख

१५-२० दिनपछि संसद खुल्छ, त्यहीदिन अध्यादेश पेस गर्छौं : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिन र विकासको

प्रधानमन्त्री भन्छन्- बन्द उद्योग चलाउँछौँ, फलामखानी र मलकारखाना पनि खुल्दैछन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिन र विकासको

चौतारीमा फर्किन लागेका अध्यक्ष सुवेदी समाजवादी प्रेस संगठनबाट निष्कासित

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनमा भुइँचालो

फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता