युद्धविराम घोषणापछि पनि गाजामा इजरायली हमला, ८६ जनाको मृत्यु « Khabarhub

युद्धविराम घोषणापछि पनि गाजामा इजरायली हमला, ८६ जनाको मृत्यु


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

गाजा– कतारको प्रयासको १५ महिनापछि युद्धको आगोमा जलिरहेको गाजामा शान्ति घोषणा भयो । इजरायल र हमास युद्धविराम सम्झौतामा सहमत भएका छन्। इजरायल र हमासबीचको युद्धविराम सम्झौता आइतबार ९१९ जनवरी २०२५० देखि लागू हुनेछ।

तर, गाजा पट्टीमा इजरायलले आक्रमण भने जारी राखेको । सम्झौता कार्यान्वयन हुनु अघि बुधबार  इजरायलले गाजा पट्टीमा फेरि विस्फोट गराएको हो । गाजाको सिभिल डिफेन्स एजेन्सीका अनुसार गाजामा हालै इजरायली आक्रमणमा ८६ जनाको मृत्यु भएको र करिब २५८ जना घाइते हुन पुगेका छन् ।

गाजा सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमूद बस्सलले बिहीबार अर्थात् १६ जनवरी एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘बुधवार अर्थात् १५ जनवरीमा युद्धविराम सम्झौता घोषणा भएपछि इजरायली आक्रमणमा ८६ जनाको मृत्यु भएको छ भने र २५८ जना घाइते भएका छन् । यो युद्धविरामको घोषणा पछिको अवधिमा अहिलेसम्मको सबैभन्दा ठूलो सङ्ख्या हो।’ एजेन्सीका प्रवक्ताले अगाडी भने, ‘इजरायली आक्रमणमा परी ज्यान गुमाउनेमा २३ बालबालिकाका साथै २५ जना महिला पनि रहेका छन् ।’

उही समयमा, इजरायली रक्षा बलले बिहीबार भन्यो कि, ‘आज इजरायली सेनाले गाजा पट्टीमा लगभग ५० आतंकवादी स्थानहरूमा आक्रमण गरेको छ ।’ यसको सर्वत्र आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १२ : २५ बजे

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ