रास्वपा कार्यवाहक प्रवक्तामा प्रतिभा रावल  « Khabarhub

रास्वपा कार्यवाहक प्रवक्तामा प्रतिभा रावल 


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक प्रवक्ताको जिम्मेवारी २७ दिनका लागि प्रतिभा रावललाई तोकेको छ । 

हालका कार्यवाहक प्रवक्ता मनिस झा शैक्षिक तथा निजी काममा व्यस्त हुने भन्दै रावललाई कार्यवाहक तोकेको हो । रावल रास्वपा सहप्रवत्ता हुन । 

रास्वपाले तत्कालीन महामन्त्री मुकुल ढकाललाई कारबाही गरेपछि कार्यवाहक प्रवक्ता जिम्मेवारी मनिस झालाई दिएको थियो । त्यसपछि २७ दिनको लागि रावललाई जिम्मेवारी दिएको हो । 

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई माग ३ गतेबाट लागू हुने गरी माग ३० गतेसम्म रावललाई जिम्मेवारी दिएको बताए । 

रास्वपाले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८१,१०,०३ गतेदेखि  मिति २०८१,१०,३० गते नेसं ११४५ पोहेलागा तृतीया देखि सिल्लाथ्व पुन्ही सम्म कार्यवाहक प्रवक्ता श्री मनिष झा निजी कार्यमा व्यस्त रहनुहुने भएकोले उल्लिखित अवधिका लागि कार्यवाहक सभापति श्री डोलप्रसाद अर्यालबाट सह प्रवक्ता श्री प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी गराउँदछौ ।’

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १२ : २८ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको