‘होस्टेल ३’को गीत ‘टिक टिक’ सार्वजनिक « Khabarhub

‘होस्टेल ३’को गीत ‘टिक टिक’ सार्वजनिक


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘होस्टल-३’को पहिलो गीत ‘टिक टिक’ सार्वजनिक भएको छ । गीतमा अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको छ भने सन्तोष राणाले र्‍यापमा स्वर दिएका छन् ।

उक्त गीतमा भिडियोमा फिल्मका केन्द्रीय कलाकारहरू पारस बम (कुल ब्वाई), रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली फिचर्ड छन् ।

भिडियोमा कलेजका विद्यार्थीहरूले एकआपसमा रमाइलो गरिएको देख्न सकिन्छ । भिडियोमाफर्त कलेजका साथीहरूको आत्मीयता देखाएको छ । गीतको शब्दले कलेज जीवनका उतारचढाव समेटेको छ ।

‘होस्टेल ३’ नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो । चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् । स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा रहेको बताइएको छ।

चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ३ : ३६ बजे

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको