चौतारीमा फर्किन लागेका अध्यक्ष सुवेदी समाजवादी प्रेस संगठनबाट निष्कासित | Khabarhub Khabarhub

चौतारीमा फर्किन लागेका अध्यक्ष सुवेदी समाजवादी प्रेस संगठनबाट निष्कासित


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनमा भुइँचालो गएको छ ।

यसअघि नै आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले नेपाल पत्रकार महासंघको महाधिवेशनताका संगठन छाडिसकेको अवस्थामा अब अध्यक्ष नै त्यहाँ नरहने पक्का भएको छ ।

संगठनका अध्यक्ष विश्वमणि सुवेदीलाई नै वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले साधारण सदस्यसमेत नरहने गरी निष्कान गरेका हुन् । सुवेदी एमालेनिकट प्रेस चौतारीमै फर्किने तयारीमा छन् ।

केही समयदेखि पार्टी अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्ट सुवेदीले बुधबार मात्रै एउटा अनलाइनमा लेख लेखेका थिए ।

उक्त लेखलाई लिएर पार्टीले सुवेदीलाई किन कारबाही नगर्ने भनेर २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

उक्त स्पष्टीकरणलगत्तै सुवेदीसहित संगठनका नेताहरू नेकपा एमालेनिकट प्रेस चौतारी नेपालमा फर्किने चर्चा थियो ।

प्रेस चौतारीले सुवेदीसहितलाई स्वागत गर्न काठमाडौंमा कार्यक्रम तयारी गर्दै गर्दा त्यसको सुइँको पाएपछि समाजवादी प्रेस संगठनले सुवेदीलाई निष्कासन गरेको हो ।

संगठनले सुवेदीमाथि बैठक नबसाएको, पत्रकार महासंघको महाधिवेशनमा संगठनका उम्मेदवारविरुद्ध लागेको र संगठनको रकम हिनामिना गरेकोसहितका आरोप लगाएको छ ।

‘समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदीले लामो समयसम्म संगठनको बैठकसमेत नबसाएको, नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनका उम्मेदारहरूविरूद्ध लागेको, संगठनको रकम आफूखुशी हिनामिना गरेको, संगठनको केन्द्रीय कार्यालय बन्दगरी संगठनविरूद्ध निरन्तर गतिविधि गरिरहेको हुनाले विधानको धारा ७१ को (ग) बमोजिम साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको जानकारी गरिन्छ’, वरिष्ठ उपाध्यक्ष छत्कुलीले शुक्रबार भनेका छन् ।

सुवेदी २०८० जेठ २६ र २७ गते काठमाडौंमा सम्पन्न संगठनको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरेका थिए ।

एमालेनिकट चौतारीमा फर्किन लागेका सुवेदी पूर्वउपाध्यक्ष वामदेव गौतमनिकट मानिन्छन् । वामदेव पनि साताअघि समाजवादीमा प्रवेश गर्ने तयारीमा थिए । तर एमालेको २१-२३ पुसमा बसेकको आठौं केन्द्रीय कमिटी बैठकले वामदेवलका लागि पार्टीमा फर्किने ढोका खोलिदिएको छ । त्यसपछि वामदेव समाजवादीतिर नगई अहिले एमालेसँग संवादमा छन् ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  २ : ०९ बजे

डेढ महिनादेखि बेपत्ता नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा

बेलायत – लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि

कर्णाली प्रदेशका चार सय ४४ बालबालिका बालगृहमा

सुर्खेत – कर्णाली प्रदेशका चार सय ४४ जना बालबालिका बालगृहमा

राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छः बाबुराम भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको

कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता

विराटनगर । कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता