नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, उद्योगमन्त्रीले गरे उद्घाटन « Khabarhub

नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, उद्योगमन्त्रीले गरे उद्घाटन


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रूपमा सुरु प्रदर्शनी तीन दिनसम्म चल्नेछ । 

फर्निचर, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू सम्बन्धी प्रदर्शनीको शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए । 

सो क्रममा मन्त्री भण्डारीले नेपालको काठ उद्योगलाई प्रोत्साहित गर्दै स्वदेशी उत्पादनमा प्रदर्शनीले मद्दत पुग्ने बताए । उनले नयाँ प्रविधिका लागि दक्ष कामदार उत्पादन गर्न आवश्यक तालिमको व्यवस्थाका साथै उपयोगितामासमेत मन्त्रालयले जोड दिएको धारणा राखे ।  

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहेका छन् ।

प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरूलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  २ : ५१ बजे

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा

रमेश लेखक पक्राउ, केपी ओलीको पनि घर घेर्यो प्रहरीले

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

भक्तपुर- नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

आज २०८२ साल चैत १४ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १४ गते शनिबार चैत