माधव नेपाललाई धक्का : समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै चौतारीमा प्रवेश | Khabarhub Khabarhub

माधव नेपाललाई धक्का : समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै चौतारीमा प्रवेश


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई धक्का लागेको छ । उक्त पार्टीनिकट समाजवादी प्रेस संगठनमा भुइँचालो जाँदा अध्यक्ष र महासचिव नै नेकपा एमालेनिकट प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

यसअघि नै आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले नेपाल पत्रकार महासंघको महाधिवेशनताका संगठन छाडिसकेको अवस्थामा अहिले अध्यक्ष, उपाध्यक्ष र महासचिव नै चौतारीमा फर्किएका हुन् ।

अध्यक्ष सुवेदीसहित समाजवादी प्रेस संगठनका वरिष्ठ नेता नरेन्द्र साउद, उपाध्यक्ष सविन शर्मा र महासचिव रामकुमार एलन पनि चौतारीमा फर्किएका छन्। सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशीष गुरागाईं, सौगात मिश्र र नरेन्द्र विष्टलाई पनि बागबजारमा आयोजित कार्यक्रममा चौतारीमा स्वागत गरिएको छ ।

यसअघि सुवेदी प्रेस चौतारीको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षसमेत भएका थिए । तत्कालीन अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले२०७७ पुस ५ गते संसद् विघटन गरेका बेला सुवेदी विद्रोही समूहतिर थिए । त्यसबेला उनले नेकपाको प्रेस संगठनमा पुष्पकमल दाहाल प्रचण्ड-माधमव नेपाल समूहको नेतृत्व गरेका थिए ।

तर विवाद बढ्दै जाँदा एमाले फुटेपछि प्रेस चौतारीको तत्कालीन समूह माधव नेपालसँगै गएर समाजवादी प्रेस संगठन बनाएका थिए । तर अब तिनै संगठनका नेताहरू चौतारीमै फर्किएका हुन् ।

यसअघि शुक्रबार नै समाजवादी प्रेस संगठनका अध्यक्ष सुवेदीलाई वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले साधारण सदस्यसमेत नरहने गरी निष्कान गरेका थिए ।

केही समयदेखि पार्टी अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट सुवेदीले बुधबार मात्रै एउटा अनलाइनमा लेख लेखेप छि किन कारबाही नगर्ने भनेर २४ स्पष्टीकरण सोधिएको थियो ।

उक्त स्पष्टीकरणलगत्तै सुवेदीसहित संगठनका नेताहरू नेकपा एमालेनिकट प्रेस चौतारी नेपालमा फर्किने तयारी थियो । प्रेस चौतारीले सुवेदीसहितलाई स्वागत गर्न काठमाडौंमा कार्यक्रम गरेको छ । जहाँ एमाले महासचिव शंकर पोखरेल र प्रचार विभाग प्रमुख राजेन्द्र गौतमसहितले उनीहरूलाई स्वागत गरेका छन् ।

यसअघि समाजवादी प्रेस संगठनले सुवेदीमाथि बैठक नबसाएको, पत्रकार महासंघको महाधिवेशनमा संगठनका उम्मेदवारविरुद्ध लागेको र संगठनको रकम हिनामिना गरेकोसहितका आरोप लगाएको थियो ।

‘समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदीले लामो समयसम्म संगठनको बैठकसमेत नबसाएको, नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनका उम्मेदारहरूविरूद्ध लागेको, संगठनको रकम आफूखुशी हिनामिना गरेको, संगठनको केन्द्रीय कार्यालय बन्दगरी संगठनविरूद्ध निरन्तर गतिविधि गरिरहेको हुनाले विधानको धारा ७१ को (ग) बमोजिम साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको जानकारी गरिन्छ’, वरिष्ठ उपाध्यक्ष छत्कुलीले शुक्रबार भनेका थिए ।

सुवेदी र एलन २०८० जेठ २६ र २७ गते काठमाडौंमा सम्पन्न संगठनको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवमा निर्वाचित भएका थिए ।

सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरेका थिए ।

एमालेनिकट चौतारीमा फर्किएका सुवेदी पूर्वउपाध्यक्ष वामदेव गौतमनिकट मानिन्छन् । वामदेव पनि साताअघि समाजवादीमा प्रवेश गर्ने तयारीमा थिए ।

तर एमालेको २१-२३ पुसमा बसेकको आठौं केन्द्रीय कमिटी बैठकले वामदेवका लागि पार्टीमा फर्किने ढोका खोलिदिएको छ । त्यसपछि वामदेव समाजवादीतिर नगई अहिले एमालेसँग संवादमा छन् ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  २ : ५९ बजे

भद्रपुरमा शून्य खनजोतमा मकैखेती

झापा – यहाँस्थित भद्रपुर नगरपालिकाले नवीनतम कृषि प्रविधि प्रदर्शनी कार्यक्रमअन्तर्गत

व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न ‘बाख्रा दिवस’

तनहुँ – किसानलाई व्यावसायिक बाख्रापालनमा आकर्षित गर्ने उद्देश्यले ‘पोषिलो आहार,

डोरबहादुर बिष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपाली भाषामा

काठमाडौं – समाजशास्त्री डोरबहादुर बिष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम

रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते

रूकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक

नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली