बजार सुनिश्चित छ, ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस् : ऊर्जामन्त्री « Khabarhub

बजार सुनिश्चित छ, ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस् : ऊर्जामन्त्री


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गरिब तथा विपन्न वर्गलाई ऊर्जाको विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) नेपालको २५औँ रजतजयन्ती उद्घाटन सत्रमा आज उनले जलविद्युत् केन्द्रको शेयर बिनाधितो प्रभावित क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दिने प्रबन्ध मिलाउन लागिएको बताए ।

‘अहिले हुनेखाने वर्गले मात्र जलविद्युत् केन्द्रमा शेयर हालिरहेको अवस्था छ, सरकारले प्रभावित क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी बिनाधितो शेयरको व्यवस्था गर्न लागेको छ’, मन्त्री खड्काले भने । 

उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई उनले आग्रह गरे । मन्त्री खड्काले पहिले जलविद्युत् क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा धेरै समय लाग्ने गरे पनि हाल अधिकांश जलविद्युत् केन्द्रमा मोटरबाटोको पहुँच पुगेकाले काम गर्न थप सहज भएको बताए  ।

उनले हालैको मन्त्रिपरिषद् बैठकले ऊर्जा विकास मार्गचित्र २०८१ पारित गरिसकेकाले उक्त मार्गचित्र कार्यान्वयनका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको उल्लेख गरे । 

‘सरकारले निजी क्षेत्रका समस्या राम्रोसँग बुझेको छ । ऊर्जा उत्पादनका क्रममा देखिएका नीतिगत समस्या समाधान गर्दै सरकार अगाडि बढ्छ । यसअघि ऊर्जा उत्पादनको जिम्मा मात्र निजी क्षेत्रलाई दिए पनि हाल प्रसारण लाइनसमेत निजी क्षेत्रले बनाउन पाउने व्यवस्था गरिएको छ । यसको लाभ लिन निजी क्षेत्रलाई आग्रह गर्दछु’, उनले भने । 

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा विकास मार्गचित्र ऐतिहासिक हुने धारणा राखे । ऊर्जा क्षेत्रको विकासमा देखिने समस्यालाई सरकारले समाधान गरेमा सरकारले राखेको लक्ष्य पूरा गर्न कुनै कठिनाइ नहुने उनको भनाइ थियो ।  

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : ४३ बजे

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको

ओली–लेखक पक्राउबारे हर्क साम्पाङले भने– सरकारले प्रतिशोधको राजनीति गर्‍याे

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा

सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध

सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था

गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौँ प्रहरी परिसर लगियो (तस्बिरहरू)

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले