चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा « Khabarhub

चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरमै घुसेर लुटेराले चक्कु प्रहार गरेपछि घाइते बलिउड नायक सैफ अलि खान स्वास्थ्यमा सुधार आएको छ ।

मुम्बईको खारस्थित आफ्नै अपार्टमेन्टमा लुटेराले चक्कु प्रहार गरेपछि सैफ घाइते भएका थिए । यो घटना बिहीबार राति साढे १ बजेको हो ।

भारतीय मिडियाहरुका अनुसार घाइते सैफ आफ्ना आठ वर्षीय छोराका साथ लीलावती अस्पताल पुगेका थिए । उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनी रक्ताम्य शरीर लिएर अस्पताल पुगेका थिए ।

चक्कु आक्रमणबाट उनको कुम, हात र टाउकोमा गरी ६ वटा चोट लागेको छ । लीलावत अस्पतालका अनुसार सैफको गर्धन नजिकको मेरुदण्ड हड्डीबाट चक्कुको एक टुक्रा सल्यक्रिया गरि निकालिएको छ । यो सहित उनको दुवै हातमा गहिरो चोट छ ।

उपचार पश्चात अस्पतालले बिहीबार विज्ञप्ति जारी गरी खतरामुक्त रहेको जानकारी दिएको थियो ।

सैफको शुक्रबार भने स्वास्थ्यमा थप सुधार आएको छ । आईसीयूबाट उनलाई साधारण कक्षमा सारिएको अस्पतालले बताएको छ ।

उपचारमा संलग्न डा. नितिन डांगेअनुसार सैफ अहिले हिड्न सक्ने अवस्थामा रहेको भारतीय मिडिया अमरउजाला उल्लेख गरेको छ ।

डाक्टरकाअनुसार उनीमा दुखाई पनि कम हुँदै गएको छ । घाउमा संक्रमणको डरले उनलाई हिँडडुल गर्न भने रोक लागइएको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ८ : १० बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको