वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दोलखा तामाकोशी गाँउपालिका वडा नं. ०१ स्थायी ठेगाना भइ ललितपुरको महालक्ष्मी नगरपलिका वडा नं. ५ टिकाथली बस्ने बर्ष ४८ ललित कुमार केसी रहेका छन् । उनीविरुद्ध ज्यान मार्ने उधोग कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सहकारी ठगी प्रकरण सम्बन्धी मुद्धामा बुधबार बहस सकेर निस्कँदै गर्दा काठमाडौं जिल्ला अदालत बाहिर अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।

सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेको मुद्दामा विपक्षमा बहस गरिरहेका अधिवक्ता त्रिपाठीलाई बुधबार बबरमहलस्थित जिल्ला अदालत काठमाडौं परिसरमा कुटपिट गरेपछि आपत्तिजनक नारा पनि लगाएका थिए ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ९ : ०८ बजे

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती