डोरबहादुर बिष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपाली भाषामा « Khabarhub

डोरबहादुर बिष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपाली भाषामा


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजशास्त्री डोरबहादुर बिष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम ल्हासा’ को नेपाली अनुवाद हुने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित बिष्टको ९८ औँ जन्मदिवसको अवसर पारि किताबलाई नेपाली भाषामा प्रकाशन गर्न बुक हिल पब्लिकेशन र डोरबहादुर बिष्ट फाउण्डेसनबीच सम्झौता भएको छ ।

अंग्रेजी भाषामा लिखित पुस्तकलाई पत्रकार विराट अनुपमले नेपाली भाषामा रुपान्तरण गर्नेछन् । किताबको नाम ‘ल्हासाको खबर’ राखिएको छ । प्रकाशक संस्था बुक हिलका प्रतिनिधि भूपेन्द्र खड्काले किताब चैतसम्ममा बजारमा ल्याइसक्ने जानकारी दिए । अनुवादक अनुपमले आफू डोरबहादुर बिष्टबाट प्रभावित भएको हुँदा उनीसँग अनुवादकको रूपमा जोडिन पाउँदा खुसी भएको बताए ।

डोरबहादुर बिष्टका सुपुत्र एवंम पूर्वमन्त्री केशरबहादुर बिष्टले बुवाका बारे विदेशका विश्वविद्यालयहरुमा डिपार्टमेन्टकै नाम रहन गएको भन्दै समाजशास्त्र एवंम् मानवशास्त्र पढ्ने विद्यार्थीले अनिवार्य पढ्नुपर्ने बताए । उनले आम नेपाली भाषाका पाठक समक्ष पुग्न यस नेपाली भाषाको किताबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। गणेसमान गुरुङले आफूले बिष्टसँग लामो समय काम गरेको अनुभव सुनाउँदै बिष्ट पठनमा उन्मुख गराउने व्यक्ति रहेको स्मरण गरे । डोर बहादुर बिष्टको जीवनसँग सम्बन्धित डकुमेन्ट्री ‘म अलम हुन चाहन्छु’ समेत देखाइएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १० : १४ बजे

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत