डोरबहादुर बिष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपाली भाषामा « Khabarhub

डोरबहादुर बिष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपाली भाषामा


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजशास्त्री डोरबहादुर बिष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम ल्हासा’ को नेपाली अनुवाद हुने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित बिष्टको ९८ औँ जन्मदिवसको अवसर पारि किताबलाई नेपाली भाषामा प्रकाशन गर्न बुक हिल पब्लिकेशन र डोरबहादुर बिष्ट फाउण्डेसनबीच सम्झौता भएको छ ।

अंग्रेजी भाषामा लिखित पुस्तकलाई पत्रकार विराट अनुपमले नेपाली भाषामा रुपान्तरण गर्नेछन् । किताबको नाम ‘ल्हासाको खबर’ राखिएको छ । प्रकाशक संस्था बुक हिलका प्रतिनिधि भूपेन्द्र खड्काले किताब चैतसम्ममा बजारमा ल्याइसक्ने जानकारी दिए । अनुवादक अनुपमले आफू डोरबहादुर बिष्टबाट प्रभावित भएको हुँदा उनीसँग अनुवादकको रूपमा जोडिन पाउँदा खुसी भएको बताए ।

डोरबहादुर बिष्टका सुपुत्र एवंम पूर्वमन्त्री केशरबहादुर बिष्टले बुवाका बारे विदेशका विश्वविद्यालयहरुमा डिपार्टमेन्टकै नाम रहन गएको भन्दै समाजशास्त्र एवंम् मानवशास्त्र पढ्ने विद्यार्थीले अनिवार्य पढ्नुपर्ने बताए । उनले आम नेपाली भाषाका पाठक समक्ष पुग्न यस नेपाली भाषाको किताबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। गणेसमान गुरुङले आफूले बिष्टसँग लामो समय काम गरेको अनुभव सुनाउँदै बिष्ट पठनमा उन्मुख गराउने व्यक्ति रहेको स्मरण गरे । डोर बहादुर बिष्टको जीवनसँग सम्बन्धित डकुमेन्ट्री ‘म अलम हुन चाहन्छु’ समेत देखाइएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १० : १४ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने