साउदी जेलमा १० हजारभन्दा धेरै पाकिस्तानी कैदी | Khabarhub Khabarhub

साउदी जेलमा १० हजारभन्दा धेरै पाकिस्तानी कैदी


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी अरबको जेलमा हाल १० हजारभन्दा धेरै पाकिस्तानी नागरिक रहेको खुलासा भएको छ । पाकिस्तानी उपप्रधान तथा विदेशमन्त्री इशक दारले संसदलाई यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल साउदी अरबको जेलमा १० हजार २ सय ७९ जना पाकिस्तानी नागरिक रहेका छन् । उनले ५ सय ७० जना बन्दीलाई पाकिस्तान लैजान दिन साउदी अरब सहमत भएको पनि उल्लेख गरे ।

उनले हाल विश्वका विभिन्न मुलुकमा १९ हजार ९ सय ९७ जना पाकिस्तानी नागरिक जेलमा रहेको बताएका छन् । तीमध्ये विभिन्न १० मुलुकमा ६८ जना पाकिस्तानीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

सबैभन्दा धेरै साउदी अरबमा, त्यसपछि क्रमशः यूएईमा ५ हजार २ सय ९२ जना, ग्रिसमा ५ सय ९८ जना, ओमनमा ५ सय ७८ जना, मलेशियामा ४ सय ६३ जना पाकिस्तानी नागरिक जेलमा रहेका छन् । यीमध्ये अधिकांश अवैध आप्रवासन, हत्या, मानव तस्करी, जबरजस्ती अशुलीजस्ता अभियोगमा पाकिस्तानी नागरिक जेलमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ५ : १६ बजे

‘निकै जतन गरी चलाएका सवारिसाधन खरानी भए’

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले