आइपीएलको उद्घाटन र फाइनल खेल इडेन गार्डेनमा हुने « Khabarhub

आइपीएलको उद्घाटन र फाइनल खेल इडेन गार्डेनमा हुने


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

इडेन गार्डेन – साबिक विजेता कलकत्ता नाइट राइडर्सले आफ्नो मैदान इडेन गार्डेनमा २२ मार्चका दिन इन्डियन प्रिमियर लिग (आइपीएल)को उद्घाटन खेल आयोजना गर्दैछ।

सोही मैदानमा २५ मे मा फाइनल खेल हुनेछ। २३ मे मा दोस्रो क्वालिफयर पनि सोही मैदानमा हुनेछ।

इडेन गार्डेनमा १० वर्षको अन्तरालमा फाइनल खेल हुन लागेको हो। यसअघि सन् २०१३ र २०१५ को फाइनल खेल आयोजना भएको थियो। यो सिजनको पहिलो क्वालिफायर र इलिमिनेटरका खेल भने हैदरावादमा आयोजना हुनेछन्। गत संस्करणको उपविजेता सनराइजर्स हैदरावाद हो।

आइपीएलमा ७४ खेल हुँदैछन्। पहिले खेलमा कलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बंगलोरकाबीच प्रतिस्पर्धा हुनेछ।

भारतका विभिन्न १३ मैदानमा खेल सञ्चालन हुनेछ। १० गृह मैदानका साथ विराखपटना, धर्मशाला र गुहावटीमा पनि खेल हुनेछ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : २४ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय