चिन्ताको व्यवस्थापन कसरी गर्ने ? | Khabarhub Khabarhub

चिन्ताको व्यवस्थापन कसरी गर्ने ?


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

चिन्ता, तनाव खतराको प्राकृतिक प्रतिक्रिया हो। जसमा डर, असहजता वा बेचैनी महसुस गरिन्छ। जब यो अत्यधिक, लगातार रहन्छ र दैनिक जीवनमा बाधा पु-याउँछ, तब यो विकार वा समस्याको रूपमा चिनिन्छ। चिन्ता सम्बन्धी समस्यामा सामान्यीकृत चिन्ता विकार (GAD), प्यानिक डिसअर्डर, सामाजिक चिन्ता विकार र विशेष फोबियाहरू पर्दछन्। यसका लक्षणमा विशेष गरी भावमा अशान्ति हुनु, छिटो मुटुको धड्कन बड्नु, अत्यधिक चिन्ता, थकान र ध्यान केन्द्रित गर्न कठिनाइ हुने जस्ता लक्षण देखा पर्दछन्।

चिन्ता विकार विभिन्न रूपमा देखा पर्न सक्छ, जस्तै बाध्यकारी विकार (OCD) र पोस्ट-ट्रमा तनाव विकार (PTSD) यसका उदाहरण हुन्। चिन्ता वा डरको गम्भीरता व्यक्ति-व्यक्तिमा फरक हुन्छ। व्यक्तिमा सामान्य नर्भसनेसदेखि लिएर गम्भीर डरको अवस्था ल्याउन सक्छ। चिन्ता प्रायः डिप्रेशनसँग सम्बन्धित हुने हुँदा यसको प्रारम्भिक निदान र उपचार अत्यावश्यक हुन्छ।

चिन्ता विकार विभिन्न रूपमा देखा पर्न सक्छ, जस्तै बाध्यकारी विकार र पोस्ट-ट्रमा तनाव विकार यसका उदाहरण हुन्। चिन्ता वा डरको गम्भीरता व्यक्ति-व्यक्तिमा फरक हुन्छ। चिन्ता प्रायः डिप्रेशनसँग सम्बन्धित हुने हुँदा यसको प्रारम्भिक निदान र उपचार अत्यावश्यक हुन्छ।

चिन्ताको कारण र प्रभाव
चिन्ता विभिन्न कारणबाट उत्पन्न हुनसक्छ। जस्तै ट्रमा, आर्थिक तनाव, कार्य दबाब, शैक्षिक बोझ, स्वास्थ्य चिन्ता र वंशाणुगत हुन्। डिजिटल युगमा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले आत्म-संकोच र तुलनाका भावना बढाएको छ। यसले व्यक्तिमा चिडचिडपना, हिनताबोध, आत्मविश्वासको कमीका साथै आफ्नो शरीरमा कुनै प्रकारको रोग नभए पनि रोग लागेको शंका हुनु तथा सधैँ हृदयाघातको डर मनमा आइरहने समस्याले युवा, महिला तथा किशोरकिशोरी प्रत्यक्ष अप्रत्यक्ष प्रताडित भएको पाइन्छ।

चिन्ताका प्रभाव गम्भीर हुने गर्दछन्, जसले मानसिक र शारीरिक स्वास्थ्यमा प्रत्यक्ष असर पु-याउँछ। लामो समयसम्म चिन्ता रहँदा उक्त व्यक्तिमा उच्च रक्तचाप, सुगर, पाचन र निद्रा सम्बन्धी समस्या देखिन सक्छ। यसका अतिरिक्त यसले भावनात्मक रूपमा निराशा, आत्म-संकोच र आत्महत्यासम्मको अवस्थामा पु-याउन सक्छ। यो समस्याले व्यक्तिको सम्बन्ध, उत्पादनशीलता र जीवनको समग्र गुणस्तर पनि बिग्रन सक्ने सम्भावना उच्च हुन्छ।

नेपालमा चिन्ता : बढ्दो समस्या
नेपालमा सामाजिक, आर्थिक, र वातावरणीय कारणले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ। २०१५ को भूकम्प, राजनीतिक अस्थिरता, बेरोजगारी, गरिबी र कोभिड-१९ को महामारी तथा लागूऔषधमा पनि विशेष गरी गाँजा सेवनकर्तामा मानसिक स्वास्थ्यमा प्रतिकूल असर पु-याएको देखिन्छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार, करिब ३७ प्रतिशत नेपालीले मानसिक तनाव, जसमा चिन्ता रोग पनि एक जटिल समस्याको रुपमा समावेश गरिएको छ।

अध्ययन अनुसार नेपालमा मानसिक स्वास्थ्यका समस्या बढ्दै गएको देखिन्छ। किशोरकिशोरीमा लागूऔषध दुरुपयोगका कारण स्वास्थ्य चिन्ता, आर्थिक समस्या र सामाजिक विभेदको डरका कारण पनि चिन्ताको स्तरलाई थप बढाएको छ।

हालैका अध्ययन अनुसार नेपालमा मानसिक स्वास्थ्यका समस्या बढ्दै गएको देखिन्छ। किशोरकिशोरीमा लागूऔषध दुरुपयोगका कारण स्वास्थ्य चिन्ता, आर्थिक समस्या र सामाजिक विभेदको डरका कारण पनि चिन्ताको स्तरलाई थप बढाएको छ। विशेष गरी युवा र विद्यार्थी बढी प्रभावित भएका छन्। उनीहरू शैक्षिक दबाब र भविष्यको अनिश्चिततासँग संघर्ष गर्नुपर्ने र आधुनिक समाजमा आफ्नो छुट्टै पहिचान बनाउनुपर्ने होडबाजीका कारण पनि यो समस्या बढ्दै गएको छ।

मानसिक स्वास्थ्यप्रति जागरूकता बढ्दै गए पनि समाजमा अझै पनि मानसिक स्वास्थ्यप्रति हेर्ने दृष्टिकोण फरक छ। धेरै व्यक्ति सामाजिक बहिष्कारको डरले व्यावसायिक वा विशेषज्ञको सहायता लिन हिचकिचाउँछन्। नेपालमा मानसिक स्वास्थ्य पूर्वाधार अझै कमजोर रहेको छ। विशेष गरी गाउँ क्षेत्रमा मनोवैज्ञानिक र मनोचिकित्सकको अभाव देखिन्छ। मानसिक स्वास्थ्य सेवा शहरी क्षेत्रमा मात्र सीमित हुँदा धेरै मानिस उपयुक्त उपचारबाट बञ्चित छन्।

चिन्ता हटाउने चुनौती
नेपालमा चिन्ताजन्य विकार बढ्दै गए पनि यसको समाधानमा विभिन्न चुनौती रहेका छन्।
जागरूकताको अभाव : नेपालमा अझै पनि मानसिक स्वास्थ्य समस्यालाई सामाजिक कलंकको रूपमा लिइन्छ। धेरै मानिस सहायता लिन हिचकिचाउँछन्।
सीमित मानसिक स्वास्थ्य सेवाः विशेष गरी ग्रामीण क्षेत्रमा तालिम प्राप्त मानसिक स्वास्थ्य पेशेवरको अभाव छ।
आर्थिक अवरोध : धेरै नेपाली आर्थिक कठिनाइका कारण उपचार वा औषधी लिन सक्दैनन्।
सामाजिक भेदभाव : मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्तिलाई समाजमा भेदभाव गरिन्छ। यसले उनीहरू खुलस्त रूपमा कुरा गर्न डराउँछन्।
अनुसन्धानको कमीः नेपालमा चिन्ताजन्य विकारबारे व्यापक अनुसन्धानको अभाव छ, जसले प्रभावकारी नीति निर्माण गर्न कठिनाइ पु-याउँछ।

समाधानका सम्भावित उपाय
मानसिक स्वास्थ्य सेवाको एकीकरण :
सरकारले मानसिक स्वास्थ्य कार्यक्रमलाई प्राथमिक स्वास्थ्य प्रणालीमा समावेश गरेको छ।
जागरूकता अभियान : गैर-सरकारी संस्था र मानसिक स्वास्थ्य संस्थाले मानिसलाई चिन्ता र यसको व्यवस्थापनबारे शिक्षित गर्न विभिन्न अभियान सञ्चालन भइरहेका छन्।
कला र उपचार कार्यक्रम : मानसिक स्वास्थ्य र कला थेरापीजस्ता पहल सञ्चालन गरिँदै छन्, जसले व्यक्तिलाई आफ्नो भावना अभिव्यक्त गर्न र तनाव कम गर्न सहयोग गर्छ।

नेपालले प्राथमिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्यलाई समावेश गरी चिन्ताजन्य विकारलाई नियन्त्रण गर्न सहयोग गर्नसक्छ। सरकार, नीति निर्माता र समाजले मिलेर मानसिक स्वास्थ्यमा लगानी गर्नुपर्छ। यस्तो प्रयासले दीर्घकालीन समाधान प्राप्त गर्न सकिन्छ।

सामुदायिक सहयोग : विद्यालय, कार्यस्थल र समुदायमा मानसिक स्वास्थ्यबारे खुला छलफललाई प्रोत्साहन गर्नुपर्छ।
टेलिमेडिसिन र अनलाइन परामर्श : प्रविधिको विकाससँगै अनलाइन परामर्श सेवा सहज रूपमा उपलब्ध हुँदै गएका छन्, जसले टाढा बसेर पनि मानसिक स्वास्थ्य सहायता लिन सहज बनाउँछ।

निष्कर्ष
नेपालमा चिन्ता विकार गम्भीर रूपमा बढ्दै गएको छ। यसलाई समयमै सम्बोधन गर्नु आवश्यक छ। मानसिक स्वास्थ्य सचेतना, शिक्षा र स्वास्थ्य सेवाको सहज पहुँचले चिन्ता व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। नेपालले प्राथमिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्यलाई समावेश गरी चिन्ताजन्य विकारलाई नियन्त्रण गर्न सहयोग गर्नसक्छ। सरकार, नीति निर्माता र समाजले मिलेर मानसिक स्वास्थ्यमा लगानी गर्नुपर्छ। यस्तो प्रयासले दीर्घकालीन समाधान प्राप्त गर्न सकिन्छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : ४९ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन