अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै « Khabarhub

फोर नेसन्स कप

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । जसमध्ये पहिलो खेल दिउँसो साढे १ बजे म्यानमार र लेबनानबीच हुनेछ । यस्तै, साँझ साढे ५ बजे सुरु हुने दोस्रो खेलमा नेपाल किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

फिफा वरीयतामा किर्गिस्तान नेपालभन्दा २५औँ स्थान तल छ । हाल किर्गिस्तानको फिफा वरीयता १२८औँ स्थान छ । किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ मा किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो ।

यही फागुन १४ गतेसम्म चल्ने एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले दोस्रो खेल फागुन ८ गते लेबनान र फागुन ११ गते म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताका खेलहरु राउण्ड रोबिन लिगका आधारमा हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि फाइलनमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : १९ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको