युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार « Khabarhub

युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार

पुटिन-ट्रम्प कदमविरुद्ध युरोप


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टारमरले युक्रेनको सुरक्षाका लागि सेना तैनाथ गर्न तयार भएको बताएका छन्।

अहिले चलिरहेको शान्ति वार्ताकै क्रममा स्टारमरले युक्रेनको सुरक्षा पनि महत्त्वपूर्ण विषय भएको बताएका हुन्।

टेलिग्राफमा लेख्दै उनले शान्ति स्थापनाका साथै भविष्यमा पनि पुटिनबाट हुनसक्ने खतराबाट जोगाउनका लागि आफू युक्रेनलाई सहयोग गर्न तयार भएको बताएका हुन्।

सोमबार पेरिसमा हुन लागेको युरोपेली सम्मेलनको पूर्व सन्ध्यामा स्टामरले युक्रेनको सुरक्षा, युरोपको सुरक्षा तथा आफ्नै देशको सुरक्षा अहिले गम्भीर विषय बनेको बताएका हुन्।

उनले रुस र युक्रेनी सीमामा बेलायतसहित अन्य युरोपेली देशका सेना तैनाथ गर्नु आवश्यक रहेकोमा जोड दिएका छन्।

युरोपलाई बेवास्ता गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प पुटिनसँग वार्ता गर्न पुगेपछि स्टेइमरले युरापेलीको एकताको आवश्यकता औँल्याएका हुन्।

अमेरिका र रुसका राष्ट्रपतिको कदमप्रति आक्रोश व्यक्त गरेका उनले शान्ति वार्तामा युक्रेनको आवश्यकता रहेकोमा जोड दिएका छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : ३७ बजे

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल