विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण | Khabarhub Khabarhub

विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा नगरपालिकाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ ।

नगरपालिकाले ‘उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत विपन्न महिलालाई व्यवसायसँग जोडेर आयआर्जन वृद्धिका लागि उद्यमशील बनाउँदै लैजाने उद्देश्यसहित सिलाइ मेसिन वितरण गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।

‘‘सीपमूलक तालिम लिएर पनि आर्थिक अभावमा व्यवसाय सुरु गर्न नसकेका महिलालाई व्यवसायसँग जोड्नसके आर्थिक आयआर्जन गरेर आत्मनिर्भर बन्न सक्छन्,’ उनले भने, ‘त्यसका लागि सीप अनुसारका प्रविधि उपलब्ध गराएपछि पेसामा जोड्न सहज हुने भएकाले पनि सिलाइ मेसिन वितरण गरिएको हो ।’

सिलाइ मेसिन वितरणका लागि अत्यन्तै न्यून आय भएका र थोरै सहयोगबाट पनि जीविकोपार्जनमा जोडिन चाहने विपन्न महिला वडावडाबाट छनोट गरी नौ जनालाई मेसिन अनुदान सहयोग गरिएको कार्यक्रमकी फोकलपर्सन शोभा दुवाडीले जानकारी दिइन् ।

कार्यक्रममार्फत व्यावसायिक रुपमा सिलाइकटाइ तालिम प्रदान गर्दै आएका केही बहुउद्देश्यीय संस्थालाई पनि उन्नत प्रकारको ‘जुकी’ सिलाइ मेसिन अनुदानमा उपलब्ध गराइएको उनको भनाइ छ । उनका अनुसार चिनारी बहुउद्देश्यीय संस्था, गोरखा उद्योग वाणिज्य सङ्घ र महालक्ष्मी सिलाइकटाइ केन्द्रलाई जुकी मेसिन प्रदान गरिएको हो ।

‘‘यी संस्थाहरूले संस्थागत रुपमा विपन्न महिलालाई सिलाइकटाइ तालिम प्रदान गर्दै आएका छन्, दुवाडीले भनिन्, ‘यसबाट महिलालाई पेसा व्यवसाय जोडिन लाग्न मद्दत पुग्छ ।’

त्यस्तै नौमती पञ्चैबाजा बजाउने तालिम लिएका गोरखा नगरपालिका–८, स्थित रानी स्वाँरा आहालटोल विकास संस्था, वडा नम्बर ६ स्थित प्रगतिशील महिला उद्यमी सङ्घ र वडा नम्बर २ स्थित थापा गाउँ महिला समूहलाई आवद्ध महिलालाई समूहगत रुपमा आयआर्जनसँग जोड्ने यसअघि नौमती पञ्चै बाजा वितरण गरिएको उनले बताइन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : ४८ बजे

जलेको घर हेर्दै राधिकाले भनिन् : सङ्ग्रहालय छोडेर जाने मन थियो, खरानी छोडेर जानु पर्ने भयो

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका

मर्सिसाइड डर्बीमा लिभरपुलको जित, एभरटन २–१ ले पराजित

लिभरपुल – इंग्लिस प्रिमियर लिगको प्रतिष्ठित मर्सिसाइड डर्बीमा लिभरपुलले एभरटनमाथि

आइतबार सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५

जलेर खण्डहर बनेको घर हेर्दा भक्कानिन् राधिका शाक्य

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका

सुनचाँदीका गरगहनासहित तीन जना पक्राउ

काठमाडौं – प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ