रसुवा र तातोपानीबाट आयात बढ्यो « Khabarhub

रसुवा र तातोपानीबाट आयात बढ्यो

आयातमा अधिकांश भन्सार कार्यालयको योगदान १ प्रतिशत भन्दा कम


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा वस्तु आयात तथा निर्यातका लागि सञ्चालनमा रहेका २ दर्जन बढी भन्सार नाकामध्ये अधिकांश नाकाको योगदान १ प्रतिशत भन्दा न्यून देखिएको छ ।

पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार सञ्चालनमा रहेका २९ वटा भन्सार नाकामध्ये १ दर्जन कम नाकाबाट मात्रै परिमाणका आधारमा १ प्रतिशत भन्दा बढी आयात हुने गर्छ ।

वीरगञ्ज भन्सार नाकाबाट मात्रै नेपाल आयात हुने कुल वस्तुको एक तिहाइ वस्तु आयात हुने गरेको छ । अन्य २८ वटा नाकाहरूबाट बाँकी वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो पाँच वर्षको तथ्याङ्कलाई हेर्दा नेपालमा ठूलो परिमाणमा वस्तु आयात हुने मुख्य भन्सार नाका वीरगञ्ज, भैरहवा, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट हुने आयात घट्दै गएको छ । तर सोही अवधिमा चीनतर्फको सीमानामा रहेका तातोपानी र रसुवा भन्सार नाकाबाट हुने आयात भने वृद्धि हुँदै गएको छ ।

आर्थिक वर्ष (आव) ०७८-७९ मा वीरगञ्ज भन्सार नाकाबाट कुल आयातमध्ये ३६.७८ प्रतिशत वस्तु आयात भएकोमा चालु आवको ६ महिनासम्मको अवधिमा सो नाकाबाट ३३.५३ प्रतिशत वस्तु मात्रै आयात भएको छ । आव ०७८–७९ मा भैरहवा नाकाबाट १५.४० प्रतिशत आयात वस्तु आयात भएकोमा चालु आवको ६ महिना अवधिसम्म सो नाकाबाट १५.०७ प्रतिशत मात्रै वस्तु आयात भएको छ ।

तर, आव ०७८–७९ मा रसुवा नाकाबाट १.३९ प्रतिशत वस्तु आयात भएकोमा चालु आवको ६ महिना अवधिसम्म सो आयात वृद्धि भएर ४.९६ प्रतिशतमा पुगेको छ । त्यस्तै, आव ०७८७९ मा तातोपानी नाकाबाट कुल आयातमध्ये ०.७३ प्रतिशत वस्तु आयात भएकोमा चालु आवको ६ महिना अवधिसम्म सो नाकाबाट ३.०५ प्रतिशत वस्तु आयात भएको छ ।

जलेश्वर, सुथौली, सुनसरी, गौर, सर्लाही, जनकपुर, कञ्चनपुर, भद्रपुर, महेशपुर, सिराहा, राजबिराज, सती, ठाडी, चोभार, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा एयरपोर्ट, त्रिवेणी र पशुपतिनगर भन्सार नाकाबाट १ प्रतिशत भन्दापनि न्यून आयात हुँदै आएको विभागको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो पाँच वर्षमा भन्सार कार्यालयहरूबाट आयातको अवस्था (प्रतिशत/करोड)

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १० : ३४ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका