रसुवा र तातोपानीबाट आयात बढ्यो « Khabarhub

रसुवा र तातोपानीबाट आयात बढ्यो

आयातमा अधिकांश भन्सार कार्यालयको योगदान १ प्रतिशत भन्दा कम


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा वस्तु आयात तथा निर्यातका लागि सञ्चालनमा रहेका २ दर्जन बढी भन्सार नाकामध्ये अधिकांश नाकाको योगदान १ प्रतिशत भन्दा न्यून देखिएको छ ।

पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार सञ्चालनमा रहेका २९ वटा भन्सार नाकामध्ये १ दर्जन कम नाकाबाट मात्रै परिमाणका आधारमा १ प्रतिशत भन्दा बढी आयात हुने गर्छ ।

वीरगञ्ज भन्सार नाकाबाट मात्रै नेपाल आयात हुने कुल वस्तुको एक तिहाइ वस्तु आयात हुने गरेको छ । अन्य २८ वटा नाकाहरूबाट बाँकी वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो पाँच वर्षको तथ्याङ्कलाई हेर्दा नेपालमा ठूलो परिमाणमा वस्तु आयात हुने मुख्य भन्सार नाका वीरगञ्ज, भैरहवा, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट हुने आयात घट्दै गएको छ । तर सोही अवधिमा चीनतर्फको सीमानामा रहेका तातोपानी र रसुवा भन्सार नाकाबाट हुने आयात भने वृद्धि हुँदै गएको छ ।

आर्थिक वर्ष (आव) ०७८-७९ मा वीरगञ्ज भन्सार नाकाबाट कुल आयातमध्ये ३६.७८ प्रतिशत वस्तु आयात भएकोमा चालु आवको ६ महिनासम्मको अवधिमा सो नाकाबाट ३३.५३ प्रतिशत वस्तु मात्रै आयात भएको छ । आव ०७८–७९ मा भैरहवा नाकाबाट १५.४० प्रतिशत आयात वस्तु आयात भएकोमा चालु आवको ६ महिना अवधिसम्म सो नाकाबाट १५.०७ प्रतिशत मात्रै वस्तु आयात भएको छ ।

तर, आव ०७८–७९ मा रसुवा नाकाबाट १.३९ प्रतिशत वस्तु आयात भएकोमा चालु आवको ६ महिना अवधिसम्म सो आयात वृद्धि भएर ४.९६ प्रतिशतमा पुगेको छ । त्यस्तै, आव ०७८७९ मा तातोपानी नाकाबाट कुल आयातमध्ये ०.७३ प्रतिशत वस्तु आयात भएकोमा चालु आवको ६ महिना अवधिसम्म सो नाकाबाट ३.०५ प्रतिशत वस्तु आयात भएको छ ।

जलेश्वर, सुथौली, सुनसरी, गौर, सर्लाही, जनकपुर, कञ्चनपुर, भद्रपुर, महेशपुर, सिराहा, राजबिराज, सती, ठाडी, चोभार, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा एयरपोर्ट, त्रिवेणी र पशुपतिनगर भन्सार नाकाबाट १ प्रतिशत भन्दापनि न्यून आयात हुँदै आएको विभागको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो पाँच वर्षमा भन्सार कार्यालयहरूबाट आयातको अवस्था (प्रतिशत/करोड)

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १० : ३४ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र