सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या | Khabarhub Khabarhub

सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दैलेखमा चोरीको सुन बिक्री गर्ने विषयमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्न दुल्लु नगरपालिकाका १४ वर्षीय र १७ वर्षीय दुई किशोरलाई नियन्त्रणमा लिएको छ ।

गत माघ २५ गते उनीहरूले बालकको हत्या गरी उनकै घरको बाँसघारी छेउमा रहेको खोला किनारमा खाल्डो खनेर पुरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।

बालक सम्पर्क विहीन भएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । सुरुमा बालक सम्पर्कविहीन हुनुअघि उनको साथमा भएका साथीहरूबारे प्रहरीले अनुसन्धान गरेको थियो ।

शनिबार नियन्त्रणमा लिई दुई बालकसँग सोधपुछ गर्दा ‘आफूहरूले चोरी गरेर सुनका गहना (तिलहरी) बिक्री गर्ने बेलामा विवाद भएको र माघ २५ गते नै हत्या गरेर घर नजिकै रहेको खोला नजिक खाल्डो खनेर गाडेको प्रहरीलाई बयान दिएका थिए ।

सोही बयानका आधारमा खोजतलास गर्दा खाल्डोमा गाडेको अवस्था शव फेला परेको प्रहरी प्रमुख दाहालले बताए ।

पक्राउ परेका दुवै किशोरलाई प्रहरीको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ११ : ५८ बजे

यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत

काठमाडौं – अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको

भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु

भक्तपुर– भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा आजदेखि दोस्रो भक्तपुर

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)

काठमाडौं– भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरूले

हुम्लामा आउन छोडे चिनियाँ च्याङ्ग्रा, खसीको मूल्य आकासियो

सिमकोट– कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन

जलेका भवन टालटुल गरेर प्रयोगमा नल्याउन विज्ञको चेतावनी

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट देशभर २ हजार ७९ वटा