बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको नाम ‘सर्टलिस्ट’मा  « Khabarhub

बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको नाम ‘सर्टलिस्ट’मा 


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पादका लागि पाँच जनाको नाम सर्टलिस्टमा परेको छ । अर्थ मन्त्रालयले आज सार्टलिस्टमा पर्ने पाँच जनाको नाम सार्वजनिक गरेको हो ।

सर्टलिस्टमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा परेका छन् । आइतबार पाँच जनाको नाम सर्टलिस्टमा राख्ने निर्णय गरेको सार्वजनिक सूचनामा भनिएको छ ।

सर्टलिस्टमा परेकालाई फागुन १० गते दिउँसो २ बजे अन्तर्वार्ताको लागि आउन नाम सिफारिस गर्ने समितले आह्वान गरेको छ ।

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवाललाई भ्रष्टाचार मुद्दा लागेपछि प्राधिकरणको पद खाली छ । अहिले अर्थ मन्त्रालयका सहसचिव मदन दाहाल अध्यक्षको रुपमा काम गरिरहेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १२ : २६ बजे

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको