जब संसद्‍ परिसरमै पत्रकारले प्रधानमन्त्रीलाई ‘हिटलर’ र सांसद थापालाई ‘हनुमान’ भने « Khabarhub

जब संसद्‍ परिसरमै पत्रकारले प्रधानमन्त्रीलाई ‘हिटलर’ र सांसद थापालाई ‘हनुमान’ भने


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले पत्रकारहरूको प्रश्नबाट आजित भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पत्रकारहरूले परिचालित भएर जथाभावी प्रश्न गर्न थालेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले मर्यादा, सामाजिक शिष्टाचार, कानुन र संविधान पनि ख्याल नगरी पत्रकारले प्रश्न गर्ने गरेको बताउँदै यसमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आइतबार संसद् बैठकबाट निस्किने क्रममा पत्रकारहरूले प्रधानमन्त्रीलाई ‘तपाईं हिटलर हो’ भनेर प्रश्न गरेको बताए । उनले तिनै पत्रकारले आफूलाई ‘तपाईं हनुमान हो’ भनेर सोधिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘कसैद्वारा परिचालित ढंगले आरोपित गर्नेगरी प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? म आफैंले पनि भोगेको छु । हिजो सम्मानीय प्रधानमन्त्रीज्यूलाई लक्षित गरेर सोधिएको प्रश्नप्रति मेरो ध्यानाकार्षण भएको छ । प्रधानमन्त्रीज्यू प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा ‘तपाईं हिटलर हो’ भनेर प्रश्न गरियो’, उनले भने, ‘नेपालको संसद्ले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ ? संसद् सचिवालयको अनुमतिले रिपोर्टिङमा आएका पत्रकारले कानुन, संविधान, आचारसंहिता, सामाजिक शिष्टाचारलाई ध्यान नदिई यस्ता गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन ?’

थापाले पत्रकारहरूलाई पत्रकार आचारसंहिताअनुसार नियमन गर्न पनि माग गरे ।‘संविधान, कानुन र पत्रकार आचारसंहिता बमोजिम व्यवस्थित गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘मलाई नै एकजना मिडियाकर्मीले बुम तेर्स्याएर तपाईं हनुमान हो ? भनेर सोध्नु भयो । सांसदहरूलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? म यसमा ध्यानाकार्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  २ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै